साउन २, काठमाडौं | मंगोलन नेशनल अर्गनाइजेशन केन्द्रीय सभाले संगठनका केन्द्रीय मुल सचिव बुद्ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २, काठमाडौं | मंगोलन नेशनल अर्गनाइजेशन केन्द्रीय सभाले संगठनका केन्द्रीय मुल सचिव बुद्ध"/>
2026-07-04 02:54 PM
काठमाडौँ - KTM

मंगोल नेशनल अर्गनाइजेशनको विशेष महाधिवेशन सेक्टेम्वर १ मा हुने

साउन २, काठमाडौं | मंगोलन नेशनल अर्गनाइजेशन केन्द्रीय सभाले संगठनका केन्द्रीय मुल सचिव बुद्धलाल मेचेलाई कार्यवाहक केन्द्रीय प्रेसिडेन्ट पदको जिम्मा सुम्पिएको छ । 

शुक्रबार संगठनको केन्द्रीय कार्यालय काठमाडौं नयाँ बसपार्कमा बसेको केन्द्रीय कार्यकारिणी सभाको आकस्मिक बैंठकले मेचेलाई कार्यवाहक प्रेसिडेन्टको जिम्मा सुम्पिएको संगठनका केन्द्रीय सह–सचिव सन्तोष तामाङले बताउनुभयो । तामाङका अनुसार मेचेलाई संगठनको विशेष महाधिवेशनसम्मको लागि कार्यवाहक प्रेसिडेन्ट पदको जिम्मा दिइएको हो । गत जेठ २८ गते मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक प्रेसिडेन्ट डा. गोपाल गुरुङको असामयिक निधन भएपछि प्रेसिडेन्ट पद रिक्त रहँदै आएको थियो । नवनियुक्त कार्यवाहक प्रेसिडेन्ट बुद्धलाल मेचे यस अघि संगठनको केन्द्रीय मुल सचिव पदमा रही काम गरिरहनुभएको थियो भने उक्त पद उहाँले नै सम्हाल्ने जानकारी प्राप्त भएको छ । 

वि.सं. २०२८ साल जेठ ९ गते झापाको बाहुनडाँगी–३ मा बुबा स्व. सतालुसिंह र आमा स्व. निशा मेचेको कोखबाट जन्मनुभएका बुद्धलाल मेचे एक सामान्य किसान परिवारबाट राजनीतिमा होमिएका व्यक्ति हुन् । स्थानीय नवज्योति निमाविमा प्राथमिक तह, भानु उमाविबाट निमावि तहसम्म अध्ययन गर्नुभएका उहाँले धुलाबारी उमाविबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएको थियो । त्यस्तै गरी उहाँले धुलाबारी क्याम्पसमा आईएसम्म र मेची बहुमुखि क्याम्पस भद्रपुरमा स्तानक तहसम्म अध्ययन गर्नुभएको थियो ।

वि.सं. २०५१ सालबाट आधिकारीक रुपमा संगठनको साधारण सदस्य लिइ बुद्धलाल मेचेले राजनीतिक यात्रा सुरु गर्नुभएको हो । यसैबीच उहाँ गाउँ सभा सदस्य, क्षेत्रीय सदस्य, झापा जिल्ला सभाको सदस्य र सचिव पदमा रही काम गरिसक्नुभएको छ । संगठनको झापा बिर्तामोडमा २०६१ सालमा सम्पन्न दोस्रो महाधिवेशनले बुद्धलाल मेचेलाई कार्यकुशलताको मुल्याङ्कन गर्दै संगठनले केन्द्रीय सदस्य पदमा बढुवा गरेको थियो । त्यसपछि उहाँ केन्द्रीय सभाको सचिव, प्रवक्ता भई काम गर्नुभयो भने २०७२ सालमा पूर्वको धरानमा सम्पन्न संगठनको चौथो राष्ट्रिय महाधिवेशनले उहाँलाई केन्द्रीय मुल सचिव पदमा निर्वाचित गर्यो । मेचेको श्रीमती सुनिता मेचे, छोरीहरु बानिरा, सिनारा र छोरा बर्देश मेचे रहेका छन् । 

एक इमान्दार, बफादार, सहासी, आटि, निडर स्वाभावका व्यक्तित्व भनेर आफ्नो परिचय बनाइ सक्नुभएका बुद्धलाल मेचे २०६४ सालमा सम्पन्न भएको पहिलो संविधानको चुनावमा झापा क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवार भई चुनाव लडिसक्नुभएको छ । यसै गरी २०७० सालमा भएको दोस्रो संविधानसभाको चुनावमा पनि उहाँ सोही निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवार भई चुनावमा भाग लिनुभएको थियो । 

संगठनका नवनियुक्त कार्यवाहक केन्द्रीय प्रेसिडेन्ट बुद्धलाल मेचेको अध्यक्षतामा सम्पन्न कार्यकारी सभाको बैठकले संगठनको विशेष महाधिवेशन पश्चिमको बुटवलमा आउँदो सेक्टेम्बर १ (भदौ १६) का दिन सम्पन्न गर्ने निर्णय समेत गरेको छ । विशेष महाधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय प्रवक्ता थमन बुढा मगरको संयोजकत्वमा ३ सदस्यीय विशेष महाधिवेशन मूल आयोजक सभा समेत गठन भएको छ । सभाको सदस्यहरुमा केन्द्रीय सदस्य कल्पना थापा मगर र रुपन्देही जिल्ला सभाका अध्यक्ष शिवबहादुर गुरुङ रहनुभएको छ । यस्तै बैठकले केन्द्रीय सभाको सर्वोच्च सभा समेत निर्माण गरेको छ । नवनियुक्त कार्यवाहक केन्द्रीय प्रेसिडेन्ट बुद्धलाल मेचेको संयोजकत्वमा १३ सदस्यीय केन्द्रीय सर्वोच्च सभा गठन भएको हो । 

सर्वोच्च सभाको सदस्यहरुमा क्रमशः बीरलाल वालाहाङ राई, सन्तोष तामाङ, दिनेश बान्तावा, थमन बुढा मगर, आङदावा शेर्पा, शान्तिलाल धिमाल, लामा थुक्तेन शेर्वा, सूर्यकुमार गुरुङ, दिलीप याङ्मा राई, गणेश चाम्लिङ र तोमराज थाम्सुहाङ रहनुभएको छ । त्यसैगरी बैठकले केन्द्रीय सभाको आर्थिक विभाग प्रमुखमा केन्द्रीय सदस्य ठिलेन शेर्पालाई नियुक्त गरेको केन्द्रीय सह–सचिव सन्तोष तामाङले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही