२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

विदेश जाने तयारी गरेका एक जोडी दुलाहादुलही सिँगार्दै …

२०७६, ३ चैत्र सोमबार ०६:४५

चैत ३, चितवन (रासस) | विदेश जाने तयारी गरेका एक जोडीले स्वदेशमा नै व्यवसाय शुरु गरेको छ । क्यानडाको अनामिकी ब्यूटीशैलुनमा काम गर्दै गरेकी इन्द्रा श्रेष्ठले साइप्रसर रहेका आफ्ना पति अनिल श्रेष्ठलाई विदेश जान स्वदेश बोलाउनुभयो । पति स्वदेश फर्किएपछि उहाँमा यहाँ नै केही गर्ने सोच पलायो । 

यही सोचका साथ श्रेष्ठ दम्पतीले यहाँ डि लाभान्डिज नामक ब्यूटीशैलुन र स्पा सञ्चालनमा ल्याउनुभएको छ । इन्द्राले आफ्नो दुई वर्षे विदेशी अनुभवलाई स्वदेशमा नै प्रयोग गर्न थाल्नुभएको छ ।

उहाँले भन्नुभयो, “समाजशास्त्रमा स्नातकोत्तर गरेपछि क्यानडा जान चाहेको भए पनि श्रीमान् मान्नुभएन । हामीले विदेश जान तयार पारेको पैसाले यही व्यवसाय शुरु गर्यौ ।” भरतपुर महानगरपालिका–१० को नहर चोकमा शुरु भएको यो व्यवसायमा ती दम्पतीले रु ४० लाखभन्दा बढी लगानी गरेका छन् । इन्द्राका अनुसार यहाँ दुलाहादुलही सिँगार्ने, महिला र पुरुष दुवैका लागि सेवा दिने लाभान्डिजमा कपाल काट्ने, कपालको उपचार गर्ने, मसाल गर्नेलगायत महिला पुरुषले गर्ने सिँगारका सबै काम हुन्छ । 

शुभारम्भको अवसरमा पाँच पटक सेवा लिनेलाई छैटौँ पटक निःशुल्क सेवा दिने गरिएको छ । रु ५० को थ्रेडिङदेखि रु १८ हजारको सिँगार यहाँ हुने गर्दछ । उच्चस्तरको सामग्री प्रयोग हुने भएकाले गुणस्तरीय सेवा दिने बताउँदै उहाँले भन्नुभयो, “स्थानीय बजारमा हामीले दिने सेवा अन्यले दिन कठिन छ ।”

गत माघ १३ गतेबाट शुरु भएको व्यवसायमा अहिले सन्तोषजनकरुपमा कारोवार भइरहेको छ । त्यसो त यहाँ राष्ट्रिय र स्थानीय कलाकारसमेत सेवा लिन आउने गरेका छन् । साइप्रसबाट होटल व्यवस्थापनमा स्नातक गर्नुभएका अनिलले विदेशमा भन्दा स्वदेशमै मिहिनेत गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जोश र जाँगर रहुञ्जेल विदेशमा बिताएर बूढेसकालमा स्वदेश फर्किनु हुँदैन । यही केही गर्नुपर्छ भन्ने उद्देश्यले व्यवसाय थालेका हौँ ।” दुवै जना काममा लाग्ने भएकाले यसको अतिरिक्त अन्य दुईले यहाँ रोजगार गरिरहेका छन् । परिवारका सदस्यले पनि काममा साथ दिने भएकाले सेवाग्राही फर्किनु नपर्ने उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण