२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आदेश उल्लङ्घन गर्ने पाँच पक्राउ

२०७६, १२ चैत्र बुधबार ०४:४२

चैत १२, कंचनपुर | विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने पाँच जनालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्झाइबुझाइ गर्दासमेत अटेर गरेपछि उनीहरूलाई कञ्चनपुरको भीमदत्तनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

आदेश विपरीत सञ्चालन गरेका सवारीसाधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले जानकारी दिनुभयो । “नियन्त्रणमा लिएकालाई साँझ छोड्र्छौँ”, उहाँले भन्नुभयो । प्रहरीले सूचना जारी गरी लकडाउनबारे माइकिङ समेत गर्दै आएको छ । वडा प्रहरी कार्यालय भीमदत्तनगरले मङ्गलबार पनि लकडाउनलाई बेवास्ता गर्नेलाई नियन्त्रणमा लिएको थियो । 

यसैबीच पश्चिमी नाका गड्डाचौकीको अवस्था आज सामान्य रहेको छ । बिहानैदेखि जिल्लाभरी सुरक्षाकर्मी परिचालन गरिएको छ । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बीरसिंह साहुले सशस्त्र प्रहरीलाई बजार, सीमा र राजमार्गमा बिहानैदेखि परिचालन गरिएको बताउनुभयो । मङ्गलबार सीमामा अलपत्र परेका यात्रुको स्वास्थ्य परीक्षण गरी गन्तव्यतर्फ पठाइएको पनि उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस