2026-09-18 06:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

प्रदेश ५: २३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

चैत १६, बुटवल | प्रदेश नं ५ मा हालसम्म ६१ जनाको स्वास्थ्य परीक्षण र तीमध्ये  ३६ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा उमाशंकर चौधरीले  रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको र अन्य १३ जनालाई विभिन्न अस्पतालका आइसोलेशनमा राखिएको जानकारी  दिनुभयो ।

उहाँका अनुसार  १३ जनामध्ये केहीको रिपोर्ट आउन बाँकी रहेको र केहीको रिपोर्टको प्रक्रियामा रहेका छन् । कोभिड १९ को संक्रमण नियन्त्रणका लागि  लकडाउन भएपछि हवाइसेवा बन्द हुँदा बिरामीको स्वाब जाँचका लागि गाडीबाट काठमाडौँ पठाउनुपर्ने भएकाले केही ढिलाइ भएको समेत उहाँले जानकारी दिनुभयो ।

शङ्कास्पदको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएकामध्ये लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट १७  र भीम अस्पताल भैरहवाबाट एक जनाको पठाइएकामा १६ जनाको नेगेटिभ रिपोर्ट आएको र दुई जनाको परीक्षणको प्रक्रियामा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा सबु काफ्लेले जानकारी दिनुभयो । 

यस्तै प्रदेशअन्तर्गत दाङबाट पाँच जनाको स्वाब नमूना पठाइएकामा सबै रिपोर्ट नेगेटिभ देखिएको छ । बाँकेबाट १३ जनाको नमूना पठाइएकामा सात जनाको नेगेटिभ रिपोर्ट देखिएको र अन्य ६ जनाको रिपोर्ट परिक्षणको प्रक्रियामा रहेको समेत डा काफ्लेले जानकारी दिनुभयो । 

प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयबाट प्रदेशका चार सरकारी अस्पतालमा आइसोलेशन वार्ड खोल्ने निर्णयपछि प्रदेश सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवास्थित भीम अस्पताल, दाङको तुल्सीपुर उपमहानगरपालिका १९ बेलझुण्डीस्थित केन्द्रीय आर्युवेद विद्यापीठ र बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताला आइसोलेशन वार्ड निर्माण गरेर सञ्चालनमा आइसकेका छन् । 

सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख चौधरीका अनुसार बुटवलको धागो कारखानामा निर्माण गरिएको आइसोलेशन अस्पतालमा ५० शय्या, भीम अस्पतालमा ३० शय्या, दाङको बेलझुण्डीस्थित आयुर्वेद विद्यापीठमा ७० शय्या क्षमताको निर्माण गरिने लक्ष्य भए पनि हाल ३० शय्या स्थापना गरिएको र बाँकेको सुशील कोइराला  अस्पतालमा ३० शय्याको आइसोलेशन वार्ड निर्माण गरी सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । यससँगै प्रदेशभित्र सञ्चालनमा रहेका निजी अस्पताल तथा मेडिकल कलेजले समेत आइसोलेशनको व्यवस्था गरेको उहाँले बताउनुभयो । 

कोरोना संक्रमितका बिरामीको उपचार वा संक्रमणको आशंकामा अस्पतालमा आएका बिरामीको उपचार तथा स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्यकर्मीलाई संक्रमण हुनबाट जोगाउन स्वास्थ्यकर्मी सुरक्षा सामग्री(पिपिई) समेत पर्याप्त नभएको र यसको व्यवस्थाका लागि पहल भइरहेको छ । 

प्रदेशका १२ जिल्लामा व्यवस्था गरिएका क्वारेन्टाइनमा अहिलेसम्म १५३ जनालाई राखिएको र उनीहरुलाई दुई हप्तासम्म क्वारेन्टाइनमै राखेर स्वास्थ्य अवस्था रेखदेख गरिने बताउनुभयो । महाशाखा प्रमुख चौधरीका अनुसार कोरोना भाइरसको संक्रमणको रोकथामका लागि समुदायलाई सामाजिक दूरी कायम गर्ने, सरसफाइलगायत विषयमा ध्यान दिन र लकडाउनलाई पूर्णरुपले पालना गर्न जनचेतना जगाउने कार्यलाई जोड दिइएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई