2026-10-03 12:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा विदेशबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्न शुरु

चैत १६, पाँचथर | पाँचथरमा कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न विदेशबाट फर्किएकाहरुलाई स्थानीयस्तरमा निर्मित क्वारेन्टाइनहरुमा राख्न शुरु गरिएको छ ।

चैत महिनाभित्र विदेशबाट नेपाल आएका व्यक्तिको विवरण यहाँका स्थानीय तहले सङ्कलन गरेका थिए । सङ्कलित विवरणका आधारमा शनिबारदेखि क्वारेन्टाइनमा राख्ने काम शुरु भएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख एवम् कोभिड–१९ जोखिम न्यूनीकरण एवम् समन्वय समितिका सूचना अधिकारी नारदमुनि सुवेदीले जानकारी दिनुभयो । 

जिल्लाका स्थानीय तहले शुक्रबारसम्म १२९ व्यक्ति विदेशबाट आएको विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाएका थिए । शनिवारबाट प्राप्त विवरणका आधारमा क्वारेन्टाइनमा राख्ने काम शुरु गरिएको तथा थप व्यक्तिको विवरण सङ्कलन गर्ने काम जारी रहेको सुवेदीले वताउनुभयो ।

फिदिमले बनायो द्रुतकार्य टोली

फिदिम नगरपालिकाकाले कोरोनाभाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण, सम्भावित सङ्क्रमितको पहिचान, पूर्वसतर्कता तथा प्रतिकार्यका लागि द्रुत कार्य टोली गठन गरेको छ । नगरपालिकाको स्वास्थ्य एकाइका प्रमुखको संयोजकत्वमा गठित उक्त टोलीले शङ्कास्पद र सेवा चाहिने बिरामीलाई सचेत गराउने, उपचार, उद्धार एवम् उपल्ला निकायमा सिफारिश गर्नेछ । नगरपालिकाभित्र क्वारेन्टाइन तथा सेल्फ क्वारेन्टाइनमा रहेका व्यक्तिको रेखदेख गर्ने जिम्मा पाएको उक्त टोलीलाई सघाउन सात सदस्यीय स्वयंसेवक समितिसमेत गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले वताउनुभयो । 

हरियो साग बाँड्दै वडाध्यक्ष

 फिदिम नगरपालिका वडा नं १ ले वडावासीलाई हरियो साग वितरण गरेको छ ।  शिवालय मन्दिर परिसरमा प्रत्येक शनिबार लाग्ने शनिबारे हटिया कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि बन्द गरिएपछि वडाले वडावासीलाई साग वितरण गरेको हो । वडाध्यक्ष गजाधर भट्टराईको सक्रियतामा रानीटार, नाम्दु तथा ढोडेनी क्षेत्रमा हरियो साग सङ्कलन गरी वडावासीलाई वितरण गरिएको हो । 

फाल्गुनन्दका जनप्रतिनिधिको एक महिनाको सुविधा  कोषमा

 फाल्गुनन्द गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो एक महिनाको सुविधा गाउँपालिकाको विपत् व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् । गाउँ कार्यपालिकाको आकस्मिक बैठकले कोरोना भाइरसको जोखिम न्यूनीकरण तथा  अन्य महामारी र दैवी विपत्तिको रोकथाम, सतर्कता, राहत वितरण तथा उद्धारका लागि विपत् व्यवस्थापन कोष निर्माण गर्ने निर्णय गरेको हो । 

बैठकले उक्त कोषमा गाउँ कार्यपालिकाका सबै सदस्यको एक महिनाको सुविधा जम्मा गर्ने तथा आगामी दिनमा गाउँपालिकाको बजेट र दाताको सहयोगसमेत सङ्कलन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु