साउन ३, पोखरा Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३, पोखरा
२३ मंसिर २०८२, सोमबार
कास्की - KSK

स्थानिय निर्वाचनमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चितताका लागि सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

३ श्रावण २०७३, सोमबार १४:५३

साउन ३, पोखरा | बाल तथा महिला सशक्तिकरण समाज नेपाल कास्कीको आयोजनामा स्थानिय निर्वाचनमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चितताका लागि सचेतना अभिवृद्धि कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएकोे छ । कार्यक्रममा सहभागीहरुले महिलाहरु राजनितिक लगायत हरेक क्षेत्रमा नेतृत्व तहमा पुग्नुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा रेडियो जननीका स्टेशन मेनेजर विमला भण्डारीले राजनितिक वृत्तमा महिलाहरु सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो । उँहाले रेडियो जननीले बाल तथा महिला सशक्तिकरण समाज नेपालसगँ समन्वय गरेर हप्ताको एक दिन स्थानिय निर्वाचनसम्म दबाब दिनको लागि बहस कार्यक्रम चलाउने जानकारी दिनु भयो । हरेक सञ्चार माध्यमले यस्तै दबाब मुलक कार्यक्रम गर्नुपर्नेमा भण्डारीले जोड दिनु भयो । 

बाल तथा महिला सशक्तिकरण समाज नेपाल कास्कीका अध्यक्ष सिता भट्टराईले महिला ¥यालीमा मात्र सिमित भएको तर नेतृत्व तहमा आउन नसकेको भन्दै आप्mनो संस्थाले महिलालाई राजनितिमा सक्रिय सहभागी गराउन विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको बताउनु भयो । उँहाले अबको स्थानिय निर्वाचनमा सक्रिय भएर लाग्न महिला दिदीबहिनीलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा विभिन्न राजनितिक पार्टीका नेतृहरु नेपाली कांगे्रस कास्कीका जिल्ला सदस्य नम्रता बराल, नेकपा एमाले कास्कीका जिल्ला सदस्य शशिकला बराल, नेकपा माओवादी केन्द्र कास्कीका जिल्ला सदस्य गोमा ढकाल, राप्रपा नेपाल कास्की क्षेत्र नं. २ का क्षेत्रिय सभापति गिता गुरुङ, अखण्ड नेपाल महिला मन्चका केन्द्रिय अध्यक्ष सुनिता कोइरालाले आ आफ्ना पार्टीको महिला सम्बन्धी अवधारणा राखेका थिए । 

एक्सन एड नेपालको सहयोगमा भएको कार्यक्रममा कास्कीका काहुँ, भलाम, अर्मलाबाट महिलाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुष्मा पौडेलले गर्नु भएको थियो । बाल तथा महिला सशक्तिकरण समाज नेपाल कास्कीका अध्यक्ष सिता भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम ब्यवस्थापक मिना पाण्डेले स्वागत, संस्थाकै इन्दिरा पराजुलीले धन्यवाद मन्तब्य र कार्यक्रम संयोजक गणेश खतिवडाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो