2026-08-31 09:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा कोरोना सङ्क्रमितका आफन्तको आरडिटी परीक्षण नेगेटिभ

नारायण अधिकारी | वैशाख ७, चितवन | गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जना कोरोना भाइरसका सङ्क्रमित नजिकका आफन्तको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिमार्फत कोरोना परीक्षण गरिएको छ । राप्ती नगरपालिकामा गरिएको परीक्षणमा सङ्क्रमितसँगै दिनहुँजसो उठबस गरेका  आठ आफन्तको जाँच गरिएको र  ती सबैको  नतिजा नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय चितवननका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । 

 उनीहरुको सम्पर्कमा आएका दुई  सवारी चालकको भरतपुरमा र अन्यको राप्तीमै सो जाँच गरिएको हो । उनीहरु सबैलाई राप्ती नगरपालिका–८ स्थित ब्रह्मनगर माविको क्वारेन्टाइनमा राखिएको राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले जानकारी दिनुभयो ।  सङ्क्रमित भएका व्यक्तिमा पनि कुनै प्रकारको लक्षण नदेखिरहेको अवस्थामा नजिकैका आफन्तको पनि थप परीक्षण गर्नुपर्ने भएकाले सबैलाई क्वारेन्टाइनमा राखिएको उहाँको भनाइ छ । उनीहरुसँगै स्थानीय गाउँले र भेटघाट भएका सबै व्यक्तिलाई समेत क्वारेन्टाइनमा राख्ने तयारी नगरपालिकाले गरेको छ । 

यसैबीच सङ्क्रमित देखिएका राप्ती नगरपालिकाको वडा नं ८ मा अन्य स्थानका बासिन्दालाई प्रवेशमा निषेध गरिएको छ । नेपाल आएर दुई दिन काठमाडौँको बसाइसँगै उनीहरु चैत ५ गते चितवन आएकाले उनीहरुको सम्पर्कमा आएका सबैको पहिचान गर्न कठिन भएको छ । उनीहरु चढेर आएको माइक्रोबसको ट्राफिक प्रहरीले खोजी गरिरहेको छ । सङ्क्रमित भरतपुर अस्पतालको आइसोलेसनमा छन् । उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सङ्क्रमण देखिएसँगै जिल्लामा लकडाउनलाई थप कडाइ गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार