२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

युवा समूहको निःशुल्क खाना

१६ बैशाख २०७७, मंगलवार ०२:५६

वैशाख १६, पोखरा | कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जारी बन्दाबन्दीका कारण समस्याग्रस्त विपन्न वर्गलाई लक्षित गरी पौरखी युवा समूहद्वारा १० दिनसम्म सञ्चालित निशुल्क खाना वितरणबाट १६ हजार जना भन्दा बढी लाभान्वित भएका छन् ।

समूहले प्रत्येक दिन खाना तयारी गरी प्याकिङ गर्दै विभिन्न स्थानमा खानाको अभावमा भोका परेकालाई निः शुल्क खाना खुवाउँदै आएको थियो । नौ जना युवा मिलेर आफ्नै खर्चमा यो सेवा गरिएको थियो ।

बन्दाबन्दीका कारण आफ्ना गाँउघर जान नपाएका विपन्न तथा सडकमै अलपत्र परेका र काम गर्न नपाएर भोका बनेका सर्वसाधारणलाई समूहले खाना खुवाउँदै आएको समूहका संयोजक जनक पराजुलीले बताउनुभयो । खाना खुवाउनका लागि पोखरा महानगरपालिकाबाट वैशाख १५ गते सम्मका लागि अनुमति लिइएको र सोही अनुसार सोमबार साँझसम्म खाना खुवाइएको उहाँले जानकारी दिनुभयो ।

समूहले १० दिनसम्म खाना खान नपाएका सर्वसाधारणको तथ्याङ्क सङ्कलन गरी स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा प्रहरीसँग समन्वय गरी खाना पुर्याउने गरिएको समूहका सदस्य विष्णुप्रसाद बरालले बताउनुभयो ।

उहाँका अनुसार समूहका अन्य सदस्यमा जनक पराजुली, विष्णुप्रसाद पौडेल, राजु शर्मा तिमिल्सिना, भानुभक्त अधिकारी, विष्णु प्रसाद बराल, प्रजापति अधिकारी, शिव थापा, राजेन्द्र पौडेल र खेमराज तिमिल्सिना हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ