२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

बलात्कार प्रयास गरेको आरोपमा श्रीमान र जेठाजु पक्राउ

२०७७, २० बैशाख शनिबार ०४:२२

वैशाख २०, कैलाली । कैलालीमा एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा श्रीमान र जेठाजु पक्राउ परेका छन् ।

गौरीगंगा नगरपालिकाकी-१६ वर्षीय किशोरीमाथि जबरजस्तीकरणी गर्न खोजेको भन्दै उनका १७ वर्षीय श्रीमान र जेठाजु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

१ वर्ष पहिले किशोरीको मागी विवाह भएको थियो  । दाजुभाइ मिलेर बलात्कार गर्न खोजेको भन्दै प्रहरीलाई उजुरी आएपछि दुवै जनालाई पक्राउ गरिएको निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए  । 

`१६ गते प्रहरीलाई उजुरी आएपछि महिलालाई सेफ हाउसमा राखिएको थियो,´ उनले भने, `कोरोनाको त्रासका कारण दुवैजनालाई परिवारको जिम्मा लगाइएको हो ।´

किशोरी र उनका माइती पक्षले जवरजस्तीकरणी उद्योगमा मुद्दा दिएपछि दुवै जनालाई पुन: पक्राउ गरी जिल्ला ल्याइएको  उनले बताए। उनीहरुको आइतबार म्याद थप गरिने बस्नेतले जानकारी दिए ।

सोही मुद्दा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्ष पनि पक्राउ परेका छन्।

जिल्लाको मसुरियाको लक्ष्मी सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर धामीलाई अख्तियारले ५० हजार घुससहित पक्राउ गरेको हो।

उनले इलाका प्रहरी कार्यालय मसुरियासँग कुरा गरेर मुद्दा मिलाइदिन्छु भनी  आरोपीसँग घुस माग्दै गर्दा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु