२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

२०७७, २१ बैशाख आईतवार ०२:०६

वैशाख २१, कैलाली | कैलाली जिल्लामा शनिबार भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिकास्थित काँन्द्रा नदीमा बिहान नुहाउन गएका स्थानीय १६ वर्षीय केशव पोखरेलको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले मृतकको शव घटनास्थल नजिकै सोही नदीमा फेला पारेको छ ।

यसैगरी धनगढी उपमहानगरपालिका–१४ को पञ्चोदय माध्यमिक विद्यालय परिसरमा माछापोखरी निर्माणको काममा प्रयोग भइरहेको जेसिबीका चालक दाङ जिल्ला भालुवाङ स्थायी ठेगाना भएका ३१ वर्षीय तिलक बुढामगर मृत फेला परेका छन् । 

माछापोखरी निर्माणकोे कामको ठेक्का पाएको देवसिंह सेवा निर्माण कम्पनीको उक्त जेसिबीका चालक बुढामगर शुक्रबार राति खाना खाएर सोही विद्यालयको कोठामा सुतेकामा बिहान मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो । जेसिबीका सहचालक हरिदत्त भट्टले प्रहरीलाई खबर गरेपछि गएको प्रहरी टोलीले घटनाको अनुसन्धान थालेको छ । सहचालक भट्ट पनि सोही विद्यालयमा बस्दै आएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु