२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चौथो रिपोर्ट पनि कोरोना पोजेटिभ

२०७७, २२ बैशाख सोमबार ०३:४३

वैशाख २२, चितवन | कोभिड–१९ सङ्क्रमित पूर्वी चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पुनः पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । 

कोरोना सङ्क्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् । उनीसँगै सङ्क्रमण देखिएका २७ वर्षीय युवक भने अस्पतालको क्वारेन्टाइन कक्षमा नै छन् । वैशाख ३ गते गरिएको र्यापिड डाइग्नोस्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएपछि ४ गते भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा दुवै जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपश्चात् वैशाख ५ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गर्दा पनि कोरोना पोजेटिभ देखिएको थियो । 

उनीहरु चैत ३ गते बेलायतबाट हङकङ हुँदै चैत ५ गते चितवन आएका थिए । उपचाररत महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण