२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कोरोना सङ्क्रमणबाट निको भएकाहरुको दिनचर्या फेरिँदै

२०७७, २२ बैशाख सोमबार ०७:२७

सिद्धराज भट्ट | वैशाख २२, धनगढी | कोरोना भाइरस सङ्क्रमणबाट निको भएका राज विकको अहिले दिनचर्या फेरिएको छ ।

कोरोना ‘पोजेटिभ’ भएर अस्पताल भर्ना हुनुभएका विक निको भएर डिस्चार्ज भई ‘होम क्वारेन्टाइन’को बसाइँसमेत पूरा गरेपछि अहिले उहाँको दिनचर्या फेरिएको छ । सोह्र दिनको अस्पतालको आइसोलेशन र थप सात दिन होम क्वारेन्टाइनको बसाइँले केही पट्यार लागे पनि अहिले घरपरिवारका सदस्यलाई काममा सघाउन पाउँदा दैनिकी पनि फेरिएको उहाँले बताउनुभयो ।  चैत २२ गते सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेशनमा भर्ना भई १६ दिनपछि कोरोना पोजेटिभ निको भएर डिस्चार्ज हुनुभएका विकले भन्नुभयो, “ अहिले आफू स्वस्थ्य भएको छु, बिहानदेखि साँझसम्म खेत जोत्ने र गोरु चराउन जाने काममा परिवारका सदस्यलाई सघाइरहेको छु ।”

मुम्बईको एक होटेलमा काम गर्दै आउनुभएका विक कोरोनाको सन्त्रासका कारण त्यहाँको होटेल बन्द गरिएपछि गौरीफण्टा सीमा नाका हुँदै आफ्नो घर कैलाली फर्किनुभएको थियो । उहाँले कोरोनाको महामारी सकिएपछि पुनः मुम्बई पुगेर पुरानै काममा फर्किने सोच बनाउनुभएको छ । ‘‘यहाँ केही अवसर छैन, कोरोना शान्त भएपछि जीविका चलाउनका लागि पनि पुनः उतै जाने सोच राखेको छु”, उहाँले भन्नुभयो । 

कोरोना पोजेटिभ भएर निको भई अस्पतालबाट डिस्चार्ज हुनुभएका अमृत शाहीको दैनिकी भने शारीरिक अभ्यास गर्ने र मोबाइलमा गेम खेल्नमै बित्ने गरेको छ । “दिनभरि घरमै बसेर शारीरिक अभ्यास र मोबाइलमा गेम खेलेर समय बिताउने गरेको छु, उहाँले भन्नुभयो, घर बाहिर छरछिमेकमा जान नपाउँदा भने केही असजिलो अनुभव भइरहेको छ ।” दुबईबाट दिल्ली, काठमाडौँ र नेपालगञ्ज हुँदै कैलाली पुग्नुभएका उहाँमा चैत ११ गते कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको थियो । उहाँ २९ दिन आइसोलेशनमा बसेर कोरोना पोजेटिभ निको भई डिस्चार्ज हुनुभएको थियो ।

होम क्वारेन्टाइनको बसाइँ पूरा गरे पनि अझै उहाँहरुले आफ्नो टोल र छरछिमेकमा आउजाउ गरिरहनुभएको छैन । परिवारका सदस्यले अझैँ छरछिमेक र टोलमा नजान सल्लाह दिइरहेकाले आफू छरछिमेकमा नगई परिवारको काममा सघाइरहेको राज विकले बताउनुभयो ।   

प्रदेशमा कोरोना सङ्क्रमित भेटिएको पुष्टि भएका पाँचजनामध्ये चारजना पोजेटिभ निको भई यसअघि नै डिस्चार्ज भइसक्नुभएको छ । सङ्क्रमित एक महिला सेती प्रादेशिक अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले क्वारेन्टाइनमा बसिरहेकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । 

रासससँग कुरा गर्दै मन्त्री सुवेदीले क्वारेन्टाइनमा औषधि छर्किने गरिएको र कतिपय क्वारेन्टाइनमा झुलको समेत व्यवस्था गरिएकाले लामखुट्टेको टोकाइबाट आउन सक्ने अन्य रोगको जोखिम अहिले नदेखिएको बताउनुभयो । “आइतबारसम्म प्रदेशभरि तीन हजार ५७२ जना क्वारेन्टाइनमा बसिरहेका छन्”, उहाँले भन्नुभयो, “रोगको प्रभावकारी रोकथामका लागि जनचेतनामै बढी जोड दिइरहेकाछौँ ।”

क्वारेन्टाइनको बसाइँ पूरा गरेकालाई घर पठाइँदै 

कोरोना भाइरसको समस्या उत्पन्न भएसँगै प्रदेशका सबै जिल्लामा व्यवस्था गरिएका क्वारेन्टाइनमा बसेका शङ्कास्पद व्यक्तिलाई पछिल्ला दिनमा होम क्वारेन्टाइनमा बस्नुपर्ने गरी धमाधम घर पठाउन थालिएको छ । शङ्कास्पद व्यक्तिको नमूनाको जाँचको नतिजा नेगेटिभ आएसँगै १४ दिन क्वारेन्टाइनमा बसेकाहरुलाई घर फिर्ता पठाउने गरिएको हो ।

सङ्कलित नमूनाको नजिता ढिलो आउँदा भने कतिपयले १४ दिनभन्दा बढी समय पनि क्वारेन्टाइनमा बस्नुपरेको जनाइएको छ । क्वारेन्टाइनको अवधि पूरा गरिसकेका व्यक्तिको हकमा उनीहरुको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएमा सात दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने सुनिश्चितता गरी घर पठाउने गरिएको हो । 

सङ्क्रमित क्षेत्रबाट आई प्रदेशका विभिन्न क्वारेन्टाइनको अवधि पूरा गरेका व्यक्तिको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएमा वा आरडिटी (र्यापिड डाइग्नोसिस टेष्ट) परीक्षण नतिजा नेगेटिभ आएमा त्यस्ता व्यक्तिलाई थप सात दिन निजकै घरमा क्वारेन्टाइन बस्ने सुनिश्चितता गरी घर पठाउने गरिएको छ । 

आरडिटी परीक्षणमा नतिजा पोजेटिभ आएका व्यक्तिलाई भने थप सात दिन क्वारेन्टाइनमा नै राखी सम्बन्धित व्यक्तिको नमूनाको थप जाँच गर्ने गरिएको छ ।  क्वारेन्टाइनमा बस्दै आएकाहरुलाई स्थानीय तहहरुले खानाको व्यवस्थापन गर्दै आएको छ । डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गाप्रसाद ओझाले क्वारेन्टाइनमा बसेकाहरुलाई गाउँपालिका आफँैले खानाको व्यवस्थापन गरेको बताउनुभयो । 

गाउँपालिका राष्ट्रिय महासङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहनुभएका ओझाले भन्नुभयो, “सात दिन होम क्वारेन्टाइनमा बस्नका लागि स्वघोषणापत्रमा हस्ताक्षर गराई क्वारेन्टाइनमा बसेकामध्ये ४० जनालाई आइतबार घर फिर्ता गरिएको छ, उहाँहरु होम क्वारेन्टाइनमा बसे नबसेको बारे नियमित निगरानीको व्यवस्थासमेत गरिएको छ ।”

नमूना परीक्षण

आइतबारसम्म सुदूरपश्चिम प्रदेशमा पिसिआर र आरडिटी पद्धतिबाट गरी जम्मा १७ हजार १८ जना शङ्कास्पद व्यक्तिको नमूना परीक्षण गरिएको छ । पिसिआर पद्धतिबाट सङ्कलन भएको शङ्कास्पद दुई हजार ८९५ को थ्रोट स्वाबको नमूनामध्ये दुई हजार ८८२ को परीक्षण हुँदा दुई हजार ८७७ को नतिजा नेगेटिभ आएको छ ।  जसमा पाँचजनामा यसअघि नै कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो । १३ नमूनाको नतिजा आउन बाँकी छ ।

आरडिटी पद्धतिबाट आइतबारसम्म १४ हजार १३६ को नमूना परीक्षण भएकामा सबैको नतिजा नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस