वैशाख ३१, काठमाडौँ | भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी महिला नर्स भएको खुलेको छ ।
सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भइ हाल भक्तपुरको ठिमीमा बस्दै आएकी २५ वर्षाीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी आरोग्य अस्पतालमा कार्यरत नर्स भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।
यसअघि मंगलबार कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको थियो । योसँगै नेपालमा दुई जना नर्समा कोरोना पुष्टि भएको छ ।
मंगलबार भक्तपुरमै अर्का एक २७ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण फेला परेको थियो । उनि पूर्वमन्त्री भीम रावलका सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान हुन् ।
भक्तपुरमा संक्रमित भेटिएका दुवै जनालाई हाल टेकु अस्पतालमा भर्ना गरिएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!