२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुर नाकामा अत्यावश्यक बाहेकका सवारी साधन प्रवेशमा निषेध

२०७७, ३१ बैशाख बुधबार १६:२३

रमेश गिरी । बैशाख ३१, भक्तपुर । विभिन्न जिल्लाबाट काभ्रे हँुदै उपत्यका भित्रिने सवारी साधनलाई भक्तपुर नाकाबाट प्रवेश निषेध गरिएको छ । कोभिड–१९ महामारीको त्रासले उपत्यका छाडेर विभिन्न जिल्लास्थित आफ्ना घरघरमा गएका फेरि काठमाडौँ उपत्यका फर्कन थालेपछि भक्तपुर नाकामा अत्यावश्यक बाहेकका सवारी साधन प्रवेशमा निषेध गरिएको हो ।

पूर्वी र तराईका जिल्लामा कोरोना सङ्क्रमतिको सङ्ख्या बढेपछि अरनिको राजमार्ग, बिपी राजमार्ग, सिन्धुली बर्दिबास भएर काठमाडौँ फर्कनेको सङ्ख्या ह्वात्तै बढ्दा उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएपछि भक्तपुरको विभिन्न नाका भएर प्रवेश गर्ने सवारीसाधनमा रोक लगाइएको हो ।

पूर्वबाट आउने सवारी पास भएका साधनलाई समेत जगाती नाका र ताथली नाकाबाट फर्काउने गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । अस्पतालका गाडी, कर्मचारी, तरकारी, दूध, खाद्यान्न, सरकारले तोकेका सरकारी कर्मचारीबाहेकका सबैको सवारीसाधनमा रोक लगाएको हो ।

निजी तथा साना गाडीमा यात्रु बोकेर आउने, बिरामी भनेर छदेखि १० जनासम्म आउने गरेपछि मङ्गलबारदेखि त्यस्ता गाडीलाई भक्तपुर र काभ्रेको नाका साँगाबाटै फर्काउने गरेको र त्यहाँबाट आए पनि जगाती चेक पोष्टबाट फर्काउने गरेको उहाँको भनाइ छ । कतिपय सवारीसाधन काभ्रेको बनेपाबाट नाला हुँदै ताथली च्यामासिंह भएर उपत्यका भित्रिने भएकाले त्यस्ता सवारीसाधनलाई ताथलीबाट आउने नाकाको चेक पोष्टबाट फर्काउने गरिएको उहाँको भनाइ छ ।

यो नाका भएर यसअघि दैनिक १०० देखि २०० वटासम्म गाडीमा उपत्यका छाडेर जाने भित्रिएपछि यो नाकामा कडाइ गरेको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले खाद्यान्न, पानी र एम्बुलेन्सजस्ता अत्यावश्यक सवारीसाधनबाहेक अरु साधनलाई नाकाबाट फर्काउने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न जिल्लाबाट ई–पास बनाएर उपत्यकामा यात्रु बोकेर आउने सवारीसाधनको सङ्ख्या बढ्यो, विभिन्न बाहना बनाउँदै त्यस्ता सवारीसाधन आउन थालेपछि त्यसलाई रोकेर नाकाबाटै फर्काउन थालेका छौँ, पास भएकालाई पनि प्रवेश दिँदैनौँ ।”

अब कुनै पनि निजी तथा सार्वजनिक यातायातका साधनलाई भक्तपुर नाका भएर उपत्यका प्रवेश गर्न नदिने भएकाले यो नाका भएर नआउन प्रहरीले सार्वजनिकरुपमा नै अपिल गरेको छ । ठूला विकास निर्माण आयोजनाको काम अगाडि बढाउने भएकाले त्यस्ता आयोजनाका लागि निर्माण सामग्री बोकेका पास भएका ढुवानीका साधनलाई भने रात्रीको समयमा प्रवेश दिईने भएको छ । जगाती नाका भएर उपत्यका पस्नेको जगाती नाकामा तापक्रम (ज्वरो) मापन र व्यक्तिगत विवरण संकलन कार्य पनि एकसाता अघिदेखि जारी छ ।

काभ्रेको नाका हँुदै ग्रामीण क्षेत्रका कच्ची बाटो हुँदै लुकेर उपत्यका छिर्नेलाई समेत विभिन्न प्रहरी पोष्टबाट रोक्न प्रहरी परिचालन गरिने भएको छ । दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अरु सवारीसाधनलाई जुनसुकै नाकाबाट प्रवेश गरे पनि रोक्न सबै नगरपालिकामा रहेका प्रहरी प्रभागलाई समेत सर्कुलेशसन जारी गरिएको प्रहरीको भनाइ छ ।

अनावश्यक रुपमा पास लिएर एक जिल्लाबाट अर्का जिल्ला र एक प्रदेशबाट अर्काे प्रदेशमा आवतजावत बढ्न थालेसँगै काठमाडौँ उपत्यकामा यात्रु बोकेर बाहिरी जिल्लाबाट गाडीको चाप बढ्न थालेको छ । जिल्ला जिल्लामा पास बढी बाँड्दा पनि समस्या देखिएको छ । त्यसैले उपत्यकामा प्रवेश गर्ने गाडी रोक्न प्रहरी सक्रिय भएको हो । (रासस)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला