२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिममा २२ हजारको कोरोना परीक्षण

२०७७, ६ जेष्ठ मंगलवार ०४:२४

जेठ ६, कैलाली | सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ हजार २९२ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ । 

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म पिसीआर विधिबाट तीन हजार ७९७ तथा आरडिटी विधिबाट १८ हजार ७५४ जनाको परीक्षण गरिएको छ । प्रदेशका नौ वटै जिल्लामा गरी कूल तीन हजार १५० आरडिटी किट र ८११ भिटएम (भाइरल ट्रान्सपोर्ट मिडियम) मौज्दात रहेको जनाइएको छ ।

आइतबारसम्म प्रदेशका विभिन्न जिल्लामा गरी एक हजार ४०१ पुरुष र १५८ महिला गरी एक हजार ५५९ जना क्वारेन्टाइनमा राखिएका छन् । डोटी जिल्ला अस्पतालमा एक, सेती प्रादेशिक अस्पताल कैलालीमा चार, बझाङ जिल्ला अस्पतालमा आठ, बैतडी जिल्ला अस्पतालमा एक र बाजुरा जिल्ला अस्पतालमा तीन गरी १७ नागरिक आइसोलेसनमा भर्ना भएका छन् । 

सुदूरपश्चिम प्रदेशमा हाल कुनै पनि व्यक्ति कोरोना सङ्क्रमित नभएको मन्त्रालयले जनाएको छ । यसअघि प्रदेशभित्र देखिएका ५ सङ्क्रमित निको भएर घर गइसकेका छन् । यस्तै आइसोलेसनमा राखी सामान्य उपचारपछि १४७ जना घर फर्किसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु