2026-08-31 09:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

मृत्यु भएकाको कोरोना रिपोर्ट नेगेटिभ

जेठ ७, चितवन | उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध र उपचारका क्रममा रहेकी ३२ वर्षीया एक महिलाको नतिजा नेगेटिभ आएको हो । 

परोहा नगरपालिका–८ नर्कटिया रौतहटका उनी सोमबार राति अस्पताल आएका थिए । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । सघन उपचार कक्षमा उपचार हुँदाहुँदै उनको मङ्गलबार बिहान मृत्यु भएको थियो । चार महिनाअघिदेखि क्षयरोगको सङ्क्रमण र क्यान्सरको समस्या देखिएका कारण उनी भरतपुर अस्पताल आइपुगेको अस्पतालले जनाएको छ । 

यसैगरी भरतपुर अस्पतालमा प्रसूति तथा स्त्रीरोग विभागमा उपचारका क्रममा रहेकी युवतीको पनि कोरोना सङ्क्रमण नेगेटिभ देखिएको छ । पौडेलका अनुसार सिन्धुलीबाट आएकी ३२ वर्षीया युवतीको नतिजा नेगेटिभ आएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सिन्धुलीबाट आएका कारण कोरोना सङ्क्रमण हुनसक्ने आशङ्का गरिएकामा भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार