Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मुगुमा ३९ जनाको पिसिआर रिर्पोट नेगेटिभ

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा | जेठ ८, मुगु | मुगु जिल्लाका चार वटै स्थानिय तहहरुमा संकलन गरिएका ३४७ स्वावहरु मध्य  परिक्षण गरिएका खत्याड गाँउपालिकाका ३९ स्वावहरुको पिसिआर रिर्पोट नेगटिभ आएको छ ।

परिक्षण हुन बाँकी रहेका ३११ जनाको स्वावहरुको रिर्पोट शुक्रबारसम्म आईपुग्ने कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्लाले जानकारी दिएको र मंगलबार आरडिटी परिक्षणमा पोजेटिभ रिर्पोट आएकी खत्याड गाँउपालिका वडा नं ३ की १८ बर्षिय युवतीको स्वाव पिसिआर परिक्षणमा नेगटिभ रिर्पोट आएको पनि जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताउनु भयो ।

पछिल्लो समय जिल्लामा देश भित्रका विभिन्न ठाँउहरु र भारत तथा तेश्रो मुलकहरुमा अध्ययन, रोजगारी, औषधी उपचार गर्न गएका जिल्लाबासीहरु उद्धार गरि तथा लुकीछिपी जिल्लामा भित्रने क्रम बढेपछि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको निर्देशनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोलीले जिल्लाका विभिन्न स्थानहरुमा स्वाव संकलन केन्द्र स्थापना गरि स्वाव संकलन गरेका थिए ।

संकलित मध्य १५२ जनाको स्वाव मंगलबार हेलिकप्टर मार्फत र बाँकी १९५ जनाको स्वाव बुधबार स्थलमार्गबाट शिक्षण अस्पताल जुम्ला पठाइएको थियो ।

स्थनिय तहहरुका केन्द्रहरुमा बन्दाबन्धीको पालना भएपनि ग्रामिण क्षेत्र तिर त्यसको प्रभाव कमै भएको र स्थानियहरु सामान्य अवस्थामा झै जमघट हुने, मेलापर्व मनाउने, धार्मिक कृयाकलापमा सहभागी हुने जस्ता कार्य गरिरहेकाले कोरोना भाईरस कसैमा भएमा भुसमा आगो लागेझै भित्र-भित्र फैलने सम्भावना रहेकाले सरकारले आरडिटी भन्दा पिसिआर परिक्षणको  दायरा बढाउदै लिनु पर्ने देखिन्छ ।