२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सङ्क्रमित व्यक्ति सरकारी कर्मचारी, आवाससँगै चार कार्यालय सिल

२०७७, ११ जेष्ठ आईतवार ०३:३१

जेठ ११, अमरगढी | डडेल्धुरामा कोरोना पोजिटिभ देखिएका व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ । शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएका उनी डडेल्धुरा सदरमुकामकै कार्यालयमा कार्यरत रहेको खुलेको हो । 

डडेल्धुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका ती व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । परीक्षणपछि उनी स्क्रब टाइफसको औषधि लिएर अस्पतालबाट फर्किएका थिए तर पछि उनको कोरोना पोजेटिभ रिपोर्ट आएको हो । 

सङ्क्रमितसँग सम्पर्क आएका कर्मचारी, सञ्चारकर्मी, होटल सञ्चालक तथा डडेल्धुरा अस्पतालमा कार्यरत स्वाथ्यकर्मी र कर्मचारी गरी १५० जनाको स्वाब परीक्षण गरिएको छ । बीस जनाको आरडिटी गरिएको र चिकित्सकसहित सात जना अन्य आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा भारतबाट फर्किएका नागरिकलाई सबै स्थानीय तहले क्वारेन्टिनमा राखिरहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो । डडेल्धुरामा सात स्थानीय तहका ३० हजार सङ्ख्यामा डडेल्धुराबाट भारत गएको तथ्याङ्क छ । बिहीबार २८८ जनालाई क्वारेन्टिनबाट घर पठाइएको छ । शनिबार ६२६ जिल्लाका सात स्थानीय तहको क्वारेन्टिनमा रहेको प्रजिअ पन्तले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण