2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कर्णालीको मुगु कोरोनाको उच्च जोखीममा

दान बहादुर बुढा | जेठ १९, मुगु | बिश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ ले पछिल्लो समयमा नेपालमा दिन-प्रतिदीन खरायो गति लिईराहेको छ । तर मुगुमा भने उच्च सतर्कता नअपनआउदा उच्च जोखीमको खतरा रहेको छ ।

अहिलेसम्म मुगु जिल्लामा कोरोना संक्रमित नभेटिएको अवस्थामा केही दिन यता भारतको बिभिन्न शहरमा रोजिरोटी र जीवन निर्वाहको लागि भारत गएका मुगालीहरु दिन प्रति-दिन जिल्ला घर फर्कन वा भित्रीनथालेपछि  र सरोकारवालाहरु अव मुगु जिल्लामा पनि कोरोना भाईरसले छुन्छकी भन्ने ठूलो चिन्तामा परेका छन् ।

केहीदिन पहिला मुगु जिल्लामा रहेका स्थानिय तह छायानाथ रारा नगरपालिका, सोरु गाँउपालिका र मुगककामारोङ्ग गाँउपालिकाले जिल्ला बाहिर रहेका स्थानिय बासिहरुको उदर गरेर जिल्ला भित्रिएका थिए भने उक्त स्थानिय बासीहरु होम क्वारेन्टाईनमा बस्ने गरेका थिए भने पछिल्लो समयमा  भारतमा रहेका सयौं संख्याका  मुगालीहरु घर फर्कन लाग्दा कोरोनाको उच्च जोखीममा रहेको देखिन्छ । खत्याड गाँउपालिकाले जिल्ला बाहिर रहेका स्थानिय बासीहरुलाई जो जहा रहेका छन् त्यहि स्थानमा राहत बितरण गरेको थियो भने भारतबाट आएका स्थानिय बासीहरुलाई खत्याडको हा्रयाले खाडा भन्ने स्थानमा २ सय ५० जनालाई क्यारेन्टटाईनमा राखेका छन् ।

छायानाथ रारा नगरपालिकाले १४ जना, सोरु गाँउपालिकाले ५२ जनालाई क्वारेन्टटाईनमा राखेका छन् भने पछिल्लो समयमा हिजोआज सबैभन्दा बढी दैनिक सोरु गाँउपालिका स्थानिय बासीहरु भारतबाट ४० जना अभान्दा बढी जिल्ला भित्रीने गरेका छन् । यीनलाई क्वारेन्टाईनमा राख्न, सरसफाईमा ध्यान दिन र किटको ब्याबस्थापन गर्नको लागी स्थानिय तहतिर जानकारी गराएको प्रमुख जिल्ला अधिकारी कृष्ण कृमार निरौलाले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारीका अनुसार सबैभन्दा समस्या पर्नेको कोरोना भाईरस परिक्षण गर्ने किटको जिल्लामा अभाव रहेको छ । सरोकारवाला स्थानिय तहरुलाई किटको ब्यावस्थापनको लागी बढी जोड दिन अनुरोध गरिएको छ ।

जिल्लामा रहेको सदरमुका गमगढी बजारमा रहेको छायाँनाथ रारा नगरपालिका मुगु जिल्लाको उच्च जोखीममा रहेको बाहिरी जिल्ला आएर सोरु गाँउपालिका, मुगमकामारोङ्ग गाँउपालिका र हुम्ला जिल्ला प्रबेश गर्ने मुख्य ढोका भएको हुदा कोरोनाको उच्च जोखीममा रहेको हुदा कोभिड १९ को रोकथाम र संक्रमणबाट बच्नको लागी जिल्लामा रहेका सरोकार वाला निकायहरुसंग सहकार्य गरेर अघि बढ्ने र कोरोना भाईरसको किट नभएको हुँदा केही दिनमा खरीद गरी क्वारेन्टटाईममा बसेका ब्याक्तिहरु र कोरोनाको उच्च जोखिममा रहेको ब्याक्तिलाई परिक्षण गर्ने गरि तयारी गरिएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरीजङ्ग शाहीले बताएका छन ।

जिल्लामा रहेका चार स्थानिय तहमा निमार्ण गरिएका क्वारेन्टटाईनहरुको जिल्लामा रहेको रेकर्ड अनुसार २१ स्थानमा ३ सय ७६ वटा वेड रहेपनि नेपाल सरकारको मापदण्ड निती अनुसार नरहेको कुनै ठाँउमा त क्यारेन्टटाईन पनि नरहेको, कपडा, वेड, खाना, नास्ता, लगायत सरसफाईको ब्याबस्था नभएको क्वारेन्टटाईनमा बस्ने एक जना स्थानिय बासीले जानकारी गराएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल