२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

कोरोना सङ्क्रमितको उपचार जिपी उपचार केन्द्रमा

२०७७, २१ जेष्ठ बुधबार ००:५७

जेठ २१, तनहुँ | कोरोना पुष्टि भएका तनहुँका सङ्क्रमितलाई शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा राखेर उपचार गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी एवं सङ्कट व्यवस्थापन केन्द्रका संयोजक बद्रीनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले कोरोनासँग सम्बन्धित बिरामीलाई उपचार केन्द्रमा उपलब्ध आइसोलेसनकक्षा भएसम्म उपचारका लागि भर्ना गर्ने निर्णय गरेको हो ।

उपचार केन्द्रमा १२ श्ययाको आइसोलेसनकक्ष निर्माण गरिएको छ । तनहुँका पहिलो कोरोना सङ्क्रमित ऋषिङ गाउँपालिकाका २८ वर्षीय युवाको सोही अस्पतालमा उपचार भइरहेको छ । जिल्लामा कोरोना सङ्क्रमितको उपचारका लागि उपचार केन्द्रसहित दमौली अस्पताल, बन्दीपुर अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसनकक्ष बनाइएको छ । कोरोना सङ्क्रमित थपिएको अवस्थामा क्रमशः दोस्रो, तेस्रो र चौथो क्रम तोकी बिरामी उपचारका लागि राखिने प्रजिअ अधिकारीले जानकारी दिनुभयो । “जिपी कोइराला अस्पताललाई पहिलो प्राथमिकता तोकेर नयाँ सङ्क्रमित फेला परे पनि सोही अस्पतालमा उपचार गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “बाँकी अस्पताललाई भने प्राथमिकताक्रम निर्धारण गर्न बाँकी छ ।”

जिपी कोइराला उपचार केन्द्रबाट सञ्चालन हुँदै आएका बहिरङ्ग सेवा (ओपिडी) तथा स्वास्थ्य बीमा कार्यक्रम सोही उपचार केन्द्रसँगै रहेको ज्येष्ठ नागरिक सेवा केन्द्र वा शिवपञ्चायन मन्दिरमध्ये कुनै एकलाई भाडामा लिइ सञ्चालन गर्नका लागि शुक्लागण्डकी नगरपालिकालाई आग्रह गरिएको छ । उपचार केन्द्रलाई तत्काल भौतिक तथा पूर्वाधार विकासका लागि स्थानीय तहहरुलाई आवश्यक सहयोगका लागि अनुरोध गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।

क्वारेन्टिनमा रहेका व्यक्तिलाई अस्पतालसम्म ओसारपसारका लागि एम्बुलेन्स सम्बन्धित स्थानीय तहका लागि तोकिसकिएकाले सोही एम्बुलेन्सबाट नै सम्बन्धित स्थानीय तहका क्वारेन्टिनमा रहेका बिरामी बोक्ने निर्णय भएको हुँदा एम्बुलेन्स मर्मतसम्भार र चालकलाई उत्प्रेरित गराइ तयारी अवस्थामा राख्न स्थानीय तहलाई अनुरोध गरिएको छ ।

यसैगरी मङ्गलबार बसेको स्थानीय तहका प्रमुखसहितको सरोकारवालाको बैठकले जिल्लामा शववाहनको व्यवस्था हालसम्म नरहेकाले सम्बन्धित स्थानीय तहमा रहेका सवारी साधन वा सम्बन्धित स्थानीय तहले व्यवस्था गरेको सवारी साधनलाई शववाहनका रूपमा प्रयोगमा ल्याउने निर्णय गरेको छ । सोही बैठकले जिल्लामा प्रचलनमा रहेका शवदहन घाटका नजिक पर्ने गरी घाटको व्यवस्थापन र घाटमा दाहसंस्कारका लागि आवश्यक सामग्री तथा लाग्ने खर्च सम्बन्धित स्थानीय तहले नै गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस