Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठ चिर्ने फलामको प्रहारबाट श्रीमानको हत्या

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>जेठ २६, सल्यान | सल्यानमा एक महिलाले आफ्नै श्रीमान्को हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।<br></p><p>आइतबार राति ८:३० बजेतिर आफ्नै घरमा काठ चिर्ने फलामको प्रहारबाट गम्भीर घाइते भएका घर्तीको सल्यान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।&nbsp;</p><p>हत्या आरोपमा श्रीमतीलाई इलाका प्रहरी कार्यालय लुहाममा राखिएको खतिवडाको भनाइ छ । घटना बारेमा थप अनुसन्धान भइरहेको र मृतक घर्तीको शव परीक्षणपछि घटनाको थप विवरण आउने प्रहरीले जनाएको छ । रासस</p>