कमल रावल | साउन ६, अछाम | एक बेवारीसे महिलाले अछामको व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | साउन ६, अछाम | एक बेवारीसे महिलाले अछामको व"/>
२७ पुष २०८२, आईतवार
अछाम - ACM

नबोल्ने नसुन्ने एक बेवारीसे महिलाले दिईन् नवजात शिशुको जन्म

६ श्रावण २०७३, बिहीबार १८:१२

कमल रावल | साउन ६, अछाम | एक बेवारीसे महिलाले अछामको वयालपाटा अस्पतालमा नवजात शिशुको जन्म दिएकी छन । नबोल्ने नसुन्ने हातको मात्र ईसारा गर्ने अन्दाजि ३२ वर्ष उमेरकी ति महिलाले ७ दिन अघि जिल्लाको सामुदायिक अस्पताल वयालपाटामा नवजात शिशु छोराको जन्म दिएकी हुन ।

बोल्न र सुन्न नसक्ने अबोला ति महिलाको नाम-थर ठेगाना केही पनि खुल्न नसकेको  बयालपाटा अस्पताल अछामका मेडिकल डाईरेक्टर डाक्टर विकास गौचनले बताए । करिव एक साता अगाडी सुत्केरी व्याथा लागेर साफेबगर बजारको बाटोमा छट्पटाईरहेका बेला स्थानिय महिला अगुवाले अस्पताल पुराईएकी ति महिलाको साथमा करिव दुई बर्षकी एक नाबालीका छोरी समेत रहेकी छन । बेवारीसे अवस्थामा रहेकी ति महिलालाई कति दिन सम्म अस्पतालमा राख्ने र कस्लाई जिम्मा लगाउने भन्ने बारेमा अस्पताल व्याबस्थापन समिती अन्योलमा रहेको अस्पताल प्रशासनले जनाएको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी कोशल राज शर्मा तिमिल्सैनाले भने आफनो कार्यालय लाई कुनै आधिकारीक जानकारी नआएको र त्यस्तो अवस्थामा कुनै पनि नागरिक भेटिएमा सम्बन्धीत निकायमा प्रयास गरी खोजी र उद्धार गर्न आफु र आप्mनो कार्यालय तयार रहेको बताए । जिल्लामा रहेको महिला तथा बालबालीका कार्यालय अछामका प्रमुख भगबती अर्यालले भने आफनो कार्यालयमा कुनै जानकारी नआएको र जानकारी आएमा ति महिला र तिनका बालबालीका लाई सहयोग गर्न आफु तयार रहेको बताएकी छन । अलपत्र अवस्थामा रहेकी ति मिलाको उद्धार सहयोगको खोजीका लागी बयलपाटा अस्पतालले सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला