कमल रावल | साउन ६, अछाम | एक बेवारीसे महिलाले अछामको व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | साउन ६, अछाम | एक बेवारीसे महिलाले अछामको व"/>
२०८२, १९ चैत्र बिहीबार
अछाम - ACM

नबोल्ने नसुन्ने एक बेवारीसे महिलाले दिईन् नवजात शिशुको जन्म

२०७३, ६ श्रावण बिहीबार १८:१२

कमल रावल | साउन ६, अछाम | एक बेवारीसे महिलाले अछामको वयालपाटा अस्पतालमा नवजात शिशुको जन्म दिएकी छन । नबोल्ने नसुन्ने हातको मात्र ईसारा गर्ने अन्दाजि ३२ वर्ष उमेरकी ति महिलाले ७ दिन अघि जिल्लाको सामुदायिक अस्पताल वयालपाटामा नवजात शिशु छोराको जन्म दिएकी हुन ।

बोल्न र सुन्न नसक्ने अबोला ति महिलाको नाम-थर ठेगाना केही पनि खुल्न नसकेको  बयालपाटा अस्पताल अछामका मेडिकल डाईरेक्टर डाक्टर विकास गौचनले बताए । करिव एक साता अगाडी सुत्केरी व्याथा लागेर साफेबगर बजारको बाटोमा छट्पटाईरहेका बेला स्थानिय महिला अगुवाले अस्पताल पुराईएकी ति महिलाको साथमा करिव दुई बर्षकी एक नाबालीका छोरी समेत रहेकी छन । बेवारीसे अवस्थामा रहेकी ति महिलालाई कति दिन सम्म अस्पतालमा राख्ने र कस्लाई जिम्मा लगाउने भन्ने बारेमा अस्पताल व्याबस्थापन समिती अन्योलमा रहेको अस्पताल प्रशासनले जनाएको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी कोशल राज शर्मा तिमिल्सैनाले भने आफनो कार्यालय लाई कुनै आधिकारीक जानकारी नआएको र त्यस्तो अवस्थामा कुनै पनि नागरिक भेटिएमा सम्बन्धीत निकायमा प्रयास गरी खोजी र उद्धार गर्न आफु र आप्mनो कार्यालय तयार रहेको बताए । जिल्लामा रहेको महिला तथा बालबालीका कार्यालय अछामका प्रमुख भगबती अर्यालले भने आफनो कार्यालयमा कुनै जानकारी नआएको र जानकारी आएमा ति महिला र तिनका बालबालीका लाई सहयोग गर्न आफु तयार रहेको बताएकी छन । अलपत्र अवस्थामा रहेकी ति मिलाको उद्धार सहयोगको खोजीका लागी बयलपाटा अस्पतालले सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी