२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकी प्रदेशमा ३७ सङ्क्रमित थपिए

३० जेष्ठ २०७७, शुक्रबार ०४:५४

जेठ ३०, कास्की | गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमित ३७ जना थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार गण्डकीका स्याङ्जामा २२, पर्वतमा १३  तथा तनहुँ र नवलपुरमा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ । थपिएका तीन वर्षदेखि ६६ वर्षसम्मका पुरुष छन् ।

स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथामका लागि गठित उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माका अनुसार स्याङ्जाको गल्याङ नगरपाालिकाका ६६, ४४, १६, २०, १८, २९, ३५, २३, १५, ४५, २५, २०, ३१, २५, २०, २०, २४ र ३५ वर्ष उमेरका गरी १८ र वालिङ  नगरपालिकाका ३३ र ३५ वर्ष तथा अर्जुन चौपारी गाउँपालिकाका तीन वर्षका एक र अर्को चार वर्षका एक जना छन् । 

त्यसैगरी पर्वतको कुस्मा नगरपालिका–१० मध्ये १९, २३, २९, ३७, ४५, २८, २० र २८ वर्षीय पुरुष र अर्का एक जनाको उमेर खुलेको छैन । ३५ वर्षका एक पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गरिहेको रहेको बताइन्छ । अन्य सङ्क्रमित पैँयु गाउँपालिकाका २० र विहादी गाउँपालिका ३५ वर्षका छन् । 

तनहुँको घिरिङ गाउँपालिकाको १९ वर्षका र नवलपरासीको मध्यविन्दु नगरपालिकाका १७ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशक शर्माले जानकारी दिनुभयो । सङ्क्रमितलाई सम्बन्धित जिल्लाको जिल्ला अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको बताइन्छ । हालसम्म गण्डकीका मनाङ र मुस्ताङबाहेक अन्य नौ जिल्लामा कोभिड–१९ सङ्क्रमित फेला परेका छन् । जम्मा सङ्क्रमित १८८ पुगेका छन् । 

स्याङ्जामा ६०, बागलुङमा ४०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ३८, गोरखामा १५, पर्वतमा २२, कास्कीमा पाँच, तनहुँमा चार, म्याग्दीमा तीन र लमजुङमा एक सङ्क्रमित छन् । गण्डकी प्रदेशका गत चैत १५ गते बाग्लुङका एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो । हालसम्म सङ्क्रमितमध्ये ११ जना उपचार गराएर निको भएपछि घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सङ्क्रमितमध्ये स्याङ्जाका एक जनाको मृत्यु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ