पर्वत । पर्वतमा कोरोना संकमितको संख्या २६ पुगेको छ । आज थप ४ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या २६ पुगेको हो । संक्रमित सवै भारतबाट उद्दार गरी ल्याएका हुन ।
गण्डकी प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा ४ जनामा संक्रमित थपिएका हुन ।
संक्रमित हुनेहरुमा कुस्मा नगरपालिका वडा नं १० पिपलटारीका २ जना, जलजला गाउँपालिका वडा नं १ का १ जना र महाशिला गाउँपालिका ५ लुंखुका १ जना रहेका छन । उनीहरु ६ बर्ष देखि १७ बर्ष उमेर समुहका छन
उनिहरु कुश्माकै क्वारेन्टाईनमा रहेका थिए । शुक्रबार १३ जनामा संक्रमण देखिएको थियो भने एक साता अघि ९ जनामा संक्रमण देखिएको थियो ।
शुक्रबार कुश्मा १० का ६ जना। कुश्मा ३ का १ जना (मणिपालमा उपचारत), कुश्मा १३ का १ जना, कुश्मा १ का १ जना,फलेवास १० का १ जना,विहादि ३ का १ जना, महाशिला ३का १जना, पैंयु ३ का १ जनामा कोरोना देखिएको थियो ।
भारतबाट उद्दार गरिएका १५० जनाको रिपोर्ट आउन अझै बाँकी छ ।