2026-08-31 08:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित र अन्यको हिंड्ने बाटै अलग

असार १, चितवन । सर्वसाधारण बिरामीको उपचार गर्ने भरतपुर अस्पतालमा राखिएका कोरोना सङ्क्रमित र तीनको उपचारमा संलग्नलाई आवतजावत गर्ने प्रवेशद्वार र बाटो अलग गरिएको छ । अस्पतालमा उपचार गर्न आउनेलाई सुरक्षित गर्न छुट्टै स्थानमा सङ्क्रमितलाई राखिएको छ । 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार सङ्क्रमितलाई अस्पतालको ‘ए’ ब्लकको भुईंतलामा पछाडिबाट बाटो खोलेर राखिएको छ । सो स्थानमा जानका लागि स्वास्थ्य कार्यालयको मूल गेटतर्फबाट जाने बाटो प्रयोग गरिएको छ । तिवारीले स्वास्थ्य कार्यालयबाट अस्पतालतर्फ जाने बन्द रहेको गेटलाई सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । मानिस आवतजावत त्यसै गेटबाट गर्न शुरु गरेको र भूइँ मिलाएर गाडीसमेत आजबाट सञ्चालनमा ल्याइने बताउनुभयो । सङ्क्रमित ल्याउन, लैजान र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीले सोही बाटो प्रयोग गर्ने छन् । नयाँ प्रवेशद्वारबाट सोझै सङ्क्रमित राखिएको स्थानमा जाने बाटो रहेको छ । 

सङ्क्रमित रहेको क्षेत्रलाई हरियो जालीले घेरेर थप व्यवस्थित गर्न लागिएको तिवारीले बताउनुभयो । हाल सङ्क्रमित राखिएको क्षेत्रलाई पूरै सिल गरिएको छ । त्यहाँ २७ जना सङ्क्रमित रहेका छन् । सङ्क्रमितको उपचारमा संलग्नलाई एक होटलमा क्वारेन्टिन बनाएर राखिएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सो ठाउँमा अहिले २३ जना चितवनका, बर्दघाट सुस्त पूर्वका तीन जना र एक जना कपिलवस्तुका सङ्क्रमित रहेका छन् । अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल मर्मतसम्भार गर्नुपर्ने भएपछि सङ्क्रमित सबैलाई भरतपुर अस्पताल सारिएको छ । 

अस्पतालको हाडजोर्नी र सर्जरी विभागका बिरामीलाई स्थानान्तरण गरेर सो ठाउँमा सङ्क्रमित राखिएको हो । पौडेलका अनुसार सो ठाउँमा १० श्ययाको सघन उपचार कक्षसहित ७५ श्ययाको आइसोलेसन कक्ष रहेको छ । सिसी क्यामेरा, इन्टरनेट, टेलिफोनको इन्टरकमलगायतका प्रविधि जडान गरी उनीहरुको अनुगमन गरिएको छ । 

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले सङ्क्रमितलाई प्रवेशद्वारदेखि उपचार क्षेत्रसम्म अलग गरिएकाले अन्य बिरामीलाई कुनै असर नगर्ने बताउनुभयो । अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । अधिकारीले सर्वसाधारण जनताको निःशुल्क र न्यून शुल्कमा उपचार गर्ने यस अस्पतालमा पाउने सेवालाई सञ्चालन गरी सङ्क्रमितको समेत उपचार गरिएको बताउनुभयो । 

राजधानीको प्रसूति गृहपछि धेरै बच्चा जन्माउने र उपचार हुने यस अस्पताल सङ्घीय अस्पताल हो । यस अस्पतालले कोभिड–१९ प्रयोगशालासमेत सञ्चालन गर्दै आएको छ । कोरोना सङ्क्रमितको उपचार गरी यहीँबाट सात जना घर फर्किसकेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार