२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण, कहाँ कहाँका छन् संक्रमित ? हेर्नुहोस्

७ असार २०७७, आईतवार ०४:५३

असार ७, कास्की। गण्डकी प्रदेशमा आज १६ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको विज्ञप्तिमा बाग्लुङमा नौ, म्याग्दीमा चार, तनहुँमा एक र पर्वतमा दुई जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा सङ्क्रमण पुष्टि भइसकेको छ । शनिबार साँझ हिमालपारिको जिल्ला मुस्ताङमा समेत सङ्क्रमण देखिएको थियो । प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या ५०४ पुगेको छ । पछिल्लो अद्यावधिक विवरणअनुसार सङ्क्रमित बागलुङको गल्कोट नगरपालिकाका २२, २६, २२ र २१ वर्षका पुरुष, ढोरपाटन नगरपालिकाका ४८ वर्षीय पुरुष, काठेखोला गाउँपालिकाका ३२, ४० र २९ तथा बागलुङ नगरपालिकाका २१ वर्षका पुरुष छन् ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाका ३० र नौ वर्षीया महिला तथा ३३ वर्षीय पुरुष, मङ्गला गाउँपालिकाका २० वर्षीय पुरुष छन् । तनहुँको ऋषिङ गाउँपालिकाका २९ वर्षीय पुरुष र पवर्तको कुश्मा नगरपालिका २७ र ३२ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । 

सङ्क्रमितहरु सबै जनालाई अहिले जिल्लास्थित आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिनुभयो । हालसम्म स्याङ्जामा ७६, नवलपरासीमा १३३, बागलुङमा ११२, पर्वतमा ४५, गोरखामा ४१, तनहुँमा ७१, कास्कीमा १५, म्याग्दीमा आठ तथा लमजुङ, मुस्ताङ र मनाङमा एक÷एक जना सङ्क्रमित छन् । हालसम्म ४९ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जना सङ्क्रमितको मृत्यु भएको छ ।

 प्रदेशमा अहिलेसम्म पिसीआर विधिबाट कोभिड–१९ परीक्षणका लागि आठ हजार ७५१ जनाको नमूना सङ्कलन गरिएकामा छ हजार ९१९ जनाको नतिजा नेगेटिभ आएको छ । जसमा एक हजार ३२८ जनाको नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । प्रयोगशालामा नमूना ‘पेन्डिङ’ हुन थालेपछि पछिल्लोपटक प्रयोगशालामा मेसिन र जनशक्ति बढाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला र प्रदेश क्षयरोग केन्द्रबाट नमूना परीक्षण गर्ने गरिएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ