२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सेल्फ क्वारेन्टिनमा बसी सेवा गरे युवा समूहले

२०७७, ८ असार सोमबार ०४:५४

असार ८, कैलाली।धनगढीका युवाहरूको एक समूहले कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार सीमानाका हुँदै भित्रिएका नेपालीलाई एक महिनासम्म निःशुल्क खाना तथा पानी वितरण गरी सहयोग गरेको छ । 

रोयल कोलाबोरेटिभ्स प्रालिका पाँच जनाको युवा समूहले गत जेठ ९ देखि यही असार ६ गतेसम्म लगातार भारतबाट आएका नेपाली नागरिकलाई सीमानाका नजिकै डोकेबजार क्षेत्रमा निःशुल्क खाना तथा पानीको स्टल निर्माण गरी सहयोग गरेको कोलाबोरेटिभ्स प्रालिका अध्यक्ष गजेन्द्र शाहीले जानकारी दिनुभयो ।

अध्यक्ष शाहीले कोरोनाका कारण रोजगार गुमाई भारतबाट आएका नेपालीलाई ६५ हजार ६०३ प्लेट खाना खुवाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “घर नगएको महिना दिन बढी भइसक्यो, परिवारका सदस्यलाई जोखिममा पर्न नदिन धनगढी–४ उत्तरबेहडीस्थित एक छुट्टै कोठा भाडामा लिई सेल्फ क्वारेन्टिनमा बसेर सहयोग गरेका हौँ ।” 

विभिन्न गैरसरकारी सङ्घसंस्था, स्थानीय व्यापारी, दिदीबहिनी महिला समूह युके, विदेशमा बसोबास गर्दै आएका नेपालीलगायतको प्राप्त सहयोगबाट खाना तथा पानीको व्यवस्थापन गरिएको बताइएको छ । जनस्तरबाट स्वःस्फुर्तरुपमा इच्छुक व्यक्तिबाट नगद नलिई आवश्यकीय खाद्य सामग्री सङ्कलन गरी नेपालीलाई खाना र पानी खुवाउने कार्यक्रम गरिएको हो ।

कोरोना सन्त्रासका कारण भारतबाट आएका नेपाली यात्रुलाई हेलाको दृष्टिकोणले हेरिने तथा उनीहरुलाई लामो दूरीको गन्तव्य स्थानसम्म पुग्न समस्या हुने भएकाले बसमा प्याकिङ खानाको समेत व्यवस्था गरिएको प्रालिका संस्थापक सदस्य देवेन्द्र जोशीको भनाइ छ । सदस्य जोशीले भन्नुभयो, “खानपिनका साथै बिचल्लीमा परेकालाई उनीहरुका घरपरिवार, आफन्त र स्थाीनय जनप्रतिनिधिसँग पनि सम्पर्कका निम्ति निःशुल्क आपत्कालीन फोन सेवा उपलब्ध गराएका थियौँ ।”

कोरोनाका कारण भारतको हल्दानीबाट भोकप्यास र थकानको यात्राबाट आइपुगेका धनगढी उपमहानगरपालिका–२ का हरि नेपालीले युवा समूहले नेपाली दाजुभाइलाई बिना स्वार्थ निःशुल्क खाना खुवाइरहेको देख्दा आफ्नो देश, गाउँघर र दाजुभाइ भएको अनुभूति गर्न पाएको भावना व्यक्त गर्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू