२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा समुदायमा कोरोना फैलियो

२०७७, १० असार बुधबार ०२:४१


जिल्लामा कोरोना संक्रमण अव भने तेस्रो चरणमा पुगेको पुष्टि भएको छ । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ का एक युवालाई उपचारको क्रममा पोखरामा संक्रमण देखिए पछि गरिएको कन्ट्रक्याट ट्रेसिङमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै क्वारेन्टाइन बाहिर समुदायमा पनि कोरोना संक्रमण फैलिएको औपचारिक पुष्टि भएको छ । यस भन्दा पहिले स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिए पछि गरिएको ट्रेसिङमा स्वास्थ्यकर्मीको परिवारमा पनि संक्रमण पुष्टि भएको थियो ।

गत जेठ २१ गते कुश्मा नगरपालिका वडा न ३ का एक युवा रातको समयमा मोटरसाइकल दुर्घटना परी घाईत भएका थिए । मणिपालमा उपचार गराइरहेको बेलामा  जेठ ३० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

असार ३ गते मात्र स्वास्थ्य कार्यालय पर्वतले उनको परिवार सहित पर्वतमा सम्पर्कमा रहेका १२ जनाको स्वाब संकलन गरयो । जसमध्ये पर्वत अस्पतालका  ५ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भयो । तर, स्वास्थ्यकर्मी संक्रमीत भएको ३ दिनपछि स्वास्थ्यकर्मीको परिवारमा समेत संक्रमण देखियो । भने आम्बोट बस्तीका थप ४ जनामा असार ९ गते पुनः संक्रमण देखियो । 

अहिलेसम्म ७ जना स्वास्थ्यकर्मी र उनीहरुको सम्पर्कमा रहेका २ जना गरी ९ जना स्थानीय संक्रमीत भएका छन् । अर्को तर्फ घाइते युवा सहित अन्य ४ जना पनि स्थानीय नै संक्रमीत भएका छन् । यसरी हेर्दा ट्राभल हिस्ट्री नभएका जिल्लाका ११ जना संक्रमीत बनेका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या ६८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण