२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरका सात पत्रकार पुरस्कृत

११ असार २०७७, बिहीबार ०५:४२

असार ११, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले  मकवानपुरका सात जना पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । उपमहानगरले तीन दशक अघिदेखि पत्रकारितामा क्रियाशील प्रकास साप्ताहिकका सम्पादक तथा पत्रकार महासङ्घ मकवानपुरका पूर्वअध्यक्ष नवराज शर्मालाई नगद रु १७ हजारसहित ‘अग्रज पत्रकार सम्मान’ प्रदान गरेको छ भने अन्य छ जना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार वितरण गरेको छ ।  

उपमहानगरपालिकाले द हिमालयन टाइम्समा कार्यरत पत्रकार प्रकाश दाहाल, कान्तिपुर दैनिक तथा साझाकुरा दैनिकमा कार्यरत  सुवास बिडारी, नयाँ पत्रिका दैनिकमा कार्यरत सुदीप शिवाकोटी, हेटौँडा एफएममा कार्यरत कृष्ण उदास खनाल, समृद्ध समाज दैनिक तथा रेडियो निकासमा कार्यरत सुरेश श्रेष्ठ र सहिखवर साप्ताहिकमा कार्यरत सरिता दाहाललाई नगदसहित सम्मान गरेको हो । 

पुरस्कृत पत्रकारलाई जनही नगद रु १३ हजार ५००, दोसल्लाह र प्रमाणपत्रसहित उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र उपप्रमुख मीनाकुमारी लामाले सम्मान प्रदान गर्नुभयो । अग्रज पत्रकार सम्मान प्राप्त गर्नुभएका शर्मालाई प्रदेशका मुख्यमन्त्री  डोरमणि पौडेलले दोसल्ला ओडाएर सम्मान गर्नुभयो । हेटौँडा उपमहानगरपालिकाको सातौँ नगरसभाका अवसरमा बुधबार आयोजित समारोहमा उहाँहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो । 

यसैबीच विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट मृत्यु भएको अवस्थामा उक्त मृतकको परिवारलाई हेटौँडा उपमहानगरपालिकाले रु तीन लाख राहत दिने भएको छ । हेटौँडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपप्रमुख लामाले उक्त घोषणा गर्नुभएको हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य