२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरका सात पत्रकार पुरस्कृत

२०७७, ११ असार बिहीबार ०५:४२

असार ११, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले  मकवानपुरका सात जना पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । उपमहानगरले तीन दशक अघिदेखि पत्रकारितामा क्रियाशील प्रकास साप्ताहिकका सम्पादक तथा पत्रकार महासङ्घ मकवानपुरका पूर्वअध्यक्ष नवराज शर्मालाई नगद रु १७ हजारसहित ‘अग्रज पत्रकार सम्मान’ प्रदान गरेको छ भने अन्य छ जना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार वितरण गरेको छ ।  

उपमहानगरपालिकाले द हिमालयन टाइम्समा कार्यरत पत्रकार प्रकाश दाहाल, कान्तिपुर दैनिक तथा साझाकुरा दैनिकमा कार्यरत  सुवास बिडारी, नयाँ पत्रिका दैनिकमा कार्यरत सुदीप शिवाकोटी, हेटौँडा एफएममा कार्यरत कृष्ण उदास खनाल, समृद्ध समाज दैनिक तथा रेडियो निकासमा कार्यरत सुरेश श्रेष्ठ र सहिखवर साप्ताहिकमा कार्यरत सरिता दाहाललाई नगदसहित सम्मान गरेको हो । 

पुरस्कृत पत्रकारलाई जनही नगद रु १३ हजार ५००, दोसल्लाह र प्रमाणपत्रसहित उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र उपप्रमुख मीनाकुमारी लामाले सम्मान प्रदान गर्नुभयो । अग्रज पत्रकार सम्मान प्राप्त गर्नुभएका शर्मालाई प्रदेशका मुख्यमन्त्री  डोरमणि पौडेलले दोसल्ला ओडाएर सम्मान गर्नुभयो । हेटौँडा उपमहानगरपालिकाको सातौँ नगरसभाका अवसरमा बुधबार आयोजित समारोहमा उहाँहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो । 

यसैबीच विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट मृत्यु भएको अवस्थामा उक्त मृतकको परिवारलाई हेटौँडा उपमहानगरपालिकाले रु तीन लाख राहत दिने भएको छ । हेटौँडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपप्रमुख लामाले उक्त घोषणा गर्नुभएको हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू