२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा पनि सलह किरा भेटियो

२०७७, १५ असार सोमबार १४:५८


पर्वतको महाशीला गाउँपालिकावाट प्रवेश गरेको सलह अहिले जिल्लाभरीनै फैलिएको छ । ५÷७ वटा समुहमा रहेको सलह पर्वतमा प्रवेश गरेको हो ।

हावाको चाप दक्षिणवाट उत्तरतर्फ सरेकाले साँझ सलहको समुह सदरमुकाम कुश्माको आकाशमा र छिमेकी जिल्ला बागलुङतर्फ अगाडि बढिरहेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

महाशीलामा मकै, धान र कोदोको विऊ खाँदै गरेको अवस्थामा भेटिएको सलह दिउँसो त्यहाँबाट उडेर अन्यत्र सरेको हो । त्यस्तै साँझपख कुश्मा नगरपालिका वडा नं. ९ वितलबमा पनि केहि मात्रामा मकैवालीमा देखिएको थियो ।

कृषि ज्ञान केन्द्र पर्वतका अनुसार सल ५÷६ वटा समुहमा पर्वत र बागलुङमा प्रवेश गरेको छ । अहिलेसम्म कुनैपनि स्थानमा क्षति नपु¥याएको र वन तथा डाँडाकाडाँहरुमा बसेको पाईएको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिनुभयो ।

उनका अनुसार पर्वत र बागलुङ दुवै जिल्लाका स्थानीय तहका कृषि प्राविधिक, सवै प्रहरी तथा सुरक्षा निकायमा सलह प्रवेश गरेकाले सचेत हुन र नियन्त्रणका उपाय अपनाउन आग्रह गरिएको रेग्मीले बताउनुभयो । उहाँका अनुसार आगो फुक्ने, चर्को स्वर आउने बाध्ययन्त्रहरु बजाउने, छोप्ने वा धपाउने गरेमा यसले क्षति पु¥याउन नपाउने उहाँले बताउनुभयो । अहिले महाशीलामा बाहेक अन्यत्र वालीनालीमा पसेको खवर नआएको उहाँको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण