२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

क्वारेन्टिनमा बस्ने घट्दै

२० असार २०७७, शनिबार ०३:१८

असार २०, धनुषा | प्रदेश नं २ मा क्वारेन्टिनमा बस्नेको सङ्ख्या घट्दै गइरहेको छ भने होम क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा वृद्धि भएको छ । यस प्रदेशका आठवटै जिल्लामा रहेका ४५५ वटा क्वारेन्टिनमा असार १८ गतेसम्ममा बस्नेको सङ्ख्या तीन हजार ७७० मा झरेको छ ।

यसअघि, असार १ गतेमा यस प्रदेशका विभिन्न क्वारेन्टिनमा बस्नेको सङ्ख्या १५ हजार ५८१ थियो । कतिपयको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको र सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि आइसोलेसनमा राखिएको कारणले क्वारेन्टिनमा बस्नेको सङ्ख्या निरन्तररुपमा घट्दै गइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा कमी आए पनि होम क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा भने वृद्धि भएको छ । सो मन्त्रालयको तथ्याङ्कअनुसार, असोज १ गतेसम्म होम क्वारेन्टिनमा बस्नेको सङ्ख्या ११ हजार ६४३ थियो । असार १८ गतेसम्ममा यस प्रदेशमा सङ्क्रमित सङ्ख्या १८ हजार ५६० पुगेको छ ।

यस प्रदेशमा असार १८ गतेसम्म ४४ हजार २३२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये पुरुष तीन हजार ३२४ र महिला २२० गरी तीन हजार ५४४ जना कोरोनाबाट सङ्क्रमित भएका छन् भने ३७ हजार ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । तीन हजार ६०३ जनाको रिपोर्ट आउन बाँकी रहेको सो मन्त्रालयले जनाएको छ । यस प्रदेशमा सङ्क्रमितमध्ये एक हजार ९२३ जना उपचारपश्चात निको भएका छन् भने तीन जनाको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य