२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा महानगरद्वारा अपाङ्गता परिचयपत्र वितरण

२० असार २०७७, शनिबार ११:२०

असार २०, चिप्लेढुङ्गा। बन्दाबन्दीका कारण रोकिएको अपाङ्ता परिचयपत्रलाई पोखरा महानगरले वितरण शुरु गरेको छ ।

महानगरको सामाजिक शाखाद्वारा बिहीबार र शुक्रबार दुई दिनमा ६५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको स्वाबलम्बी जीवन पद्धति समाजका महासचिव एवं अपाङ्गता परिचयपत्र वितरण समितिका सदस्य अञ्जना केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बन्दाबन्दीका कारण अपाङ्गता भएका थुप्रै व्यक्ति परिचयपत्र पाउनबाट बञ्चित हुनुभएको थियो, त्यसलाई ध्यान दिएर बिहीबार र शुक्रबार ६५ जनालाई परिचयपत्र वितरण भएको छ ।” उहाँले अति आवश्यक पर्ने केहीलाई बन्दाबन्दीका बीचमा पनि परिचयपत्र वितरण गरेर पछि समितिबाट पारित गरिएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार पोखरा महानगरपालिका उपप्रमुख मञ्जदेवी गुरुङको संयोजकत्वमा गठित समितिले प्रत्येक महिनाको अन्तिम सोमबार अपागङ्ता परिचयपत्र वितरण गर्दै आएको थियो । बन्दाबन्दीका कारण गत फागुनदेखि जेठसम्म परिचयपत्र वितरण हुनसकेको थिएन । परिचयपत्र पूर्ण अशक्त, अतिअशक्त, मध्यम र सामान्य अपाङ्गता गरी चार तहमा विभाजन गरिएको छ । 

पूर्ण अशक्त अपाङ्गता भएकाको मासिक रु तीन हजार र अतिअशक्तले रु एक हजार ६०० मासिक भत्ता पाउँदै आएका छन् भने मध्यम र सामान्यले परिचयपत्रबाट अन्य सुविधा उपभोग गर्न पाउनेछन् ।

परिचयपत्रका लागि चिकित्सकको मेडिकल रिपोर्ट एवं सिफारिस, सम्बन्धित वडाको सिफारिस र आवश्यक कागजातका आधारमा समितिको निर्णयबाट वितरण गर्ने गरिन्छ । महानगरको ३३ वटा वडाबाट हालसम्म अपाङ्गता परिचयपत्र पाउने ७८५ जना रहेको उहाँले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो