२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

बढ्दै छ सुदूरपश्चिममा कोरोना सङ्क्रमित

२१ असार २०७७, आईतवार ०८:०३

असार २१, धनगढी। सुदूरपश्चिम प्रदेशमा गत एक हप्तामा कोभिड–१९ का एक हजार ३९३ जना नयाँ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाको तथ्याङ्कका अनुसार गतहप्तासम्म प्रदेशमा कूल सङ्क्रमित दुई हजार ७६ जना रहेकामा शनिबारसम्म सो सङ्ख्या तीन हजार ४६९ पुगेको छ ।

दार्चुला, कैलाली, डोटी, बाजुरा, डडेलधुरा, बैतडी, कञ्चनपुर, अछाम बझाङ सङ्क्रमणको दरमा बढ्दै गएको छ । हालसम्म कैलाली जिल्लामा सबैभन्दा बढी ९१६ सङ्क्रमित पुगेका छन् । यसैगरी कञ्चनपुरमा ४००, डोटीमा ५१४, डडेलधुरामा २५९, दार्चुलामा १७, बैतडीमा २८०, बझाङ १३९, बाजुरा ३९० र अछाम ५५४ सङ्क्रमित पुगेका छन् । देशभरमै सबैभन्दा बढी कोरोन सङ्क्रमित जिल्लाका रुपमा सम्भवतः कैलाली जिल्ला पहिलो जिल्लाका रुपमा देखिएको छ । 

कोभिड–१९ का कारण यस प्रदेशमा हालसम्म सात जनाको मृत्यु भएको छ । गतहप्ता पिसिआर पद्धतिबाट प्रदेशमा १६ हजार ९३५ जनाको नमूना परीक्षण भएकामा शनिबार यो सङ्ख्या २२ हजार १४७ पुगेको छ । हालसम्म ५८६ जना उपचारपछि घर फर्किएका छन् । 

बन्दाबन्दी खुकुलो पारिएसँगै बढेको सर्वसाधारणको चहलपहलका कारण रोग सङ्क्रमणको जोखिम पनि बढेको छ । प्रदेशमा अधिक सङ्ख्यामा २० देखि २९ वर्ष उमेर समूहका युवा कोरोनाबाट सङ्क्रमित भइरहेको देखिएको छ ।

स्वास्थ्य निर्देशनालय दीपायलको पछिल्लो तथ्याङ्कका अनुसार हालसम्म पिसिआर पद्धतिबाट स्वाब सङ्कलन गरी नमूना जाँच गरिएका मध्ये २० देखि २९ वर्ष उमेरका एक हजार ५३७ जनामा कोराना सङ्क्रमण भएको छ । 

यसैगरी ३० देखि ३९ वर्ष उमेरका ७२७, दशदेखि १९ वर्ष उमेरका ४४५, चालीसदेखि ४९ वर्ष उमेरका २९०, नौ वर्ष सम्मका बालबालिका २७२, पचासदेखि ५९ उमेरका १३२, साठीदेखि ६९ वर्षका ५१, सत्तरीदेखि ७९ वर्षका १४ र नब्बेदेखि ९९ वर्षका एक जनामा कोरोनाको सङ्क्रमण देखिएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले १४ दिन आइसोलेशनको बसाइ पूरा गरेर नजिता नेगेटिभ आएको र पछिल्लो तीन दिनमा कुनै लक्षण नदेखिएको व्यक्तिलाई डिस्चार्ज गर्ने गरिएको बताउनुभयो । क्वारेन्टिनमा बसेको व्यक्तिको हकमा १४ दिनको बसाइ पूरा गरी नतिजा जे सुकै आए पनि थप सात दिन सुरक्षित तरिकाले घरमा बस्ने गरी होम क्वारेन्टिनमा बस्ने गरी डिस्चार्ज गर्ने गरिएको जनाइएको छ । 

यसैबीच स्वास्थ्य तालीम केन्द्र धनगढीमा कोभिड–१९ को सिआइसिटी सेन्टर (बिरामीको खोज पड्ताल तथा सर्वेक्षण केन्द्र) स्थापना गर्न लागिएको छ । यो केन्द्रले स्वास्थ्य संस्था लगायतसँग कोभिड–१९ को रोकथामका लागि आवश्यक काममा समन्वय गर्ने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य