2026-09-18 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

बहिनी बलात्कारको आरोपमा दाजु पक्राउ

असार २२, ओखलढुंगा | बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिकामा बहिनीमाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय युवक पक्राउ परेका हुन् । 

नाताले बहिनी पर्ने (काकाकी छोरी) ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय दाजुलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । बालिकाको स्वास्थ्य परीक्षणलगायत अन्य अनुसन्धान भइरहेको उहाँको भनाइ छ । 

पीडित बालिकाले घटनाका विषय आफ्नी आमालाई बताएपछि यो घटना बाहिर आएको हो । पक्राउ परेका युवाको नाम प्रहरीले गोप्य राखेको छ । यही असार १५ गते घरमा कोही नभएको मौका छोपी ललाइफकाई बालिकामाथि जबरजस्ती करणी गरेको पीडित पक्षको उजुरीमा उल्लेख छ । बालिकाकी आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई