२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

५० लाख जरिवाना तोकिएका अभियुक्त पक्राउ

२०७७, २४ असार बुधबार ०६:०१

असार २४, भक्तपुर । बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले दुई महिना कैद र रु ५० लाख जरिवाना फैसला गरेको फरार अभियुक्तलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सूर्यविनायक नगरपालिका–५ बासुटोल बस्ने ४२ वर्षीय भूपेन्द्र गोराजुलाई पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । 

भक्तपुरका कृष्णगोपाल राजलवटको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी भूपेन्द्र गोराजु भएको बैकिङ कसुरमा अदालतले विसं २०७५ चैत २४ गते गरेको फैसला कार्यान्वयन नगरी फरार रहेका थिए । पक्राउ परेका गोराजुलाई भक्तपुर जिल्ला अदालत भक्तपुरमा पेश गरी फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा काठमाडौँ पठाउने आदेश भएअनुसार कारागार पठाएको उहाँले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू