२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पहिरोमा ज्यान गुमाउनेका परिवारलाई रु एक लाख र घाइतेको निःशुल्क उपचार

२७ असार २०७७, शनिबार ०४:५९

असार २७, कास्की। जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा परी ज्यान गुमाउनेकाको परिवारलाई जनही रु एक लाखका दरले राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले अविरल वर्षाका कारण कास्कीमा सात जनाको ज्यान गएकामा मृतकका परिवारलाई प्रति मृतक रु एक लाखको दरले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले मृतकका परिवारलार्ई प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०७४ अनुसार राहत उपलब्ध गराउने तथा  घाइतेको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने एवं  पीडित घर परिवारलाई सरकारी मापदण्डबमोजिम राहत उपलब्ध गराउने निर्णय गरेकोे समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति बैठकले दुःख प्रकट गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । नदी  किनार, भिरालो तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्र्ने व्यक्ति तथा बस्तीलाई जोखिमको स्तर हेरी सम्भावित धनजनको क्षतिलाई न्यूनीकरण गर्न स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा सुरक्षितरुपमा अस्थायी स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउने भएको छ । 

त्यसैगरी  खोजी र उद्धार कार्य एवं सुरक्षितरुपमा स्थानान्तरण कार्यका लागि जिल्लास्थित सबै सुरक्षा निकायलाई आवश्यक खोज तथा उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन अनुरोध गर्ने बैठकले निर्णय गरेको जनाइएको छ । बिहीबार रातिको पहिरोमा परी जिल्लामा पोखरा महानगरपालिका–१८ गोठादीमा पाँच तथा पोखरा–२६ लेखनाथ र पोखरा–२५ हेमजामा एक/एक जनाको ज्यान गएको थियो । पहिरोमा परी ११ जना घाइते भएका थिए । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो