२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

चार फरार प्रतिवादी पक्राउ

२०७७, २७ असार शनिबार ०५:०६

असार २७, दमौली। विभिन्न अपराधमा सजाय भोगेर फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अवैध काठ ओसारपसारमा मुद्दा र ज्यान मार्ने उद्योगमा फरार रहेका चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

अवैध काठ ओसारपसार मुद्दामा फरार रहेका शुक्लागण्डकी नगरपालिका–२ का कृष्णबहादुर भुजेल र सोही ठाउँका कृष्णबहादुर रिमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । तनहुँ जिल्ला अदालतको विसं २०६९ असार ११ गते फैसलाअनुसार भुजेललाई दुई महिना १७ दिन र रिमाललाई दुई महिना २३ दिनको कैद फैसला भएको थियो । 

पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशअनुसार निजहरुलाई कैद भुक्तानीका लागि कारागार चलान गरिएको छ । यसैगरी ज्यान मार्ने उद्योगका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–२ घर भई व्यास नगरपाालिका–१३ बेलबास बस्ने २४ वर्षीय कमलेश चन्द र सोही ठाउँका २६ वर्षीय मनोज परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरुलाई व्यास नगरपालिका–३ स्थित सिर्जनाटोलबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेकाद्वयविरुद्ध शुक्रबार जिल्ला अदालत तनहुुँँबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

गत जेठ ७ गते व्यास नगरपालिका–१३ बेलबासमा व्यास नगरपालिका–१ बस्ने २३ वर्षीय सुरज रानालाई मनोज परियारसमेतले ज्यान मार्ने उद्देश्यका साथ बाटो छेकी खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका रानाको उपचार भइरहेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्