२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

पहिरोको पिरलोमा सर्वसाधारण

२०७७, २९ असार सोमबार ०४:५४

असार २९, ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–५ पेदाङस्थित मुक्तुरा बस्तीका सात घर परिवार गत वर्ष गएको पहिरोका कारण विस्थापित बने । बस्तीको बीच भागबाट ठूलो पहिरो झरेपछि उनीहरु अन्यत्रै सरेका हुन् । पहिरोको आसपासका १० घर परिवार अहिले जोखिम मोलेर बसेका छन् । निरन्तरको झरीले रातभर ढुक्कले सुत्ने अवस्था छैन । केही दिनयता निरन्तर वर्षा भइरहेको छ । शनिबार राति ठूलो वर्षा भएपछि त्यहाँका वडाध्यक्ष पूर्ण लिम्बूले राति नै फोन गरेर सतर्क र सुरक्षित रहन आग्रहसमेत गर्नुभयो । 

यता फक्ताङलुङ गाउँपालिका–४ इखाबुस्थित रानी आधारभूत विद्यालय आसपासका बासिन्दा गत असार २ गते यता पहिरोको त्रासमा छन् । असार २ गते माथिबाट झरेको पहिरोले सोही विद्यालयको भवन नै बगाएको र बस्तीमा पहिरोको थप जोखिम भएको भन्दै स्थानीय तीन घर परिवार आजकल छिमेकीको घरमा गएर सुत्ने गरेका छन् । 

“पानी नपर्दा घरैमा सुत्छौँ, पानी पर्ना साथ छिमेकिको घरमा पुग्छौँ, ज्यान जोगाउनै पर्यो ”, स्थानीय भक्त लाबुङले भन्नुभयो । विद्यालयको चार कोठे भवनसँगै लाबुङको समेत भान्सा घर र सुँगुर बगाएको थियो । केही दिनयता निरन्तर पानी परिरहेको र पहिरो झरिहाल्छ कि भन्ने पिरले राति सुत्न छिमेकीकहाँ जाने गरेको लाबुङले बताउनुभयो । 

तमोर नदी किनारमा पर्ने दोभान बजारलगायतका बासिन्दालाई पनि बाढीले बगाउला कि भन्ने पिर छ । मनसुन सक्रिय भएसँगै जिल्लाका अधिकांश क्षेत्रका बासिन्दा पहिरोको पिरलोमा परेका छन् । बर्सेनि यो जिल्लामा पहिरोले क्षति पुर्याउँदै आएको छ । चार वर्षअघि मात्रै जिल्लाको लिवाङ, खोक्लिङलगायतका ठाउँमा पहिरोले ५९ जनाको ज्यान गएको थियो भने सयौँ रोपनी खेतीयोग्य जमीन बगाएको थियो । 

पछिल्लो समयमा ग्रामीण क्षेत्रमा खनिएका सडकले समेत पहिरोको जोखिम बढाएको स्थानीयवासी बताउँछन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार विपद् व्यवस्थापनमा स्थानीय तहसमेत जिम्मेवार छ तर स्थानीय तहले भने विपद्का घटना तथा जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना तथा कार्यक्रम बनाउन नसकेको भन्दै सर्वसाधारणले गुनासो गर्ने गरेका छन् । 

यता जिल्ला विपद् व्यवस्थापन समितिले गएको शुक्रबार बैठक बसेर सबै सुरक्षा एकाइलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ । स्थानीय तहका प्रमुख साथै वडाध्यक्षहरुलाई समेत विपद्का घटनाको जोखिम व्यवस्थापनका लागि ध्यान दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष डोरेन्द्र निरौलाले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण