९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

पहिरोको पिरलोमा सर्वसाधारण

२९ असार २०७७, सोमबार ०४:५४

असार २९, ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–५ पेदाङस्थित मुक्तुरा बस्तीका सात घर परिवार गत वर्ष गएको पहिरोका कारण विस्थापित बने । बस्तीको बीच भागबाट ठूलो पहिरो झरेपछि उनीहरु अन्यत्रै सरेका हुन् । पहिरोको आसपासका १० घर परिवार अहिले जोखिम मोलेर बसेका छन् । निरन्तरको झरीले रातभर ढुक्कले सुत्ने अवस्था छैन । केही दिनयता निरन्तर वर्षा भइरहेको छ । शनिबार राति ठूलो वर्षा भएपछि त्यहाँका वडाध्यक्ष पूर्ण लिम्बूले राति नै फोन गरेर सतर्क र सुरक्षित रहन आग्रहसमेत गर्नुभयो । 

यता फक्ताङलुङ गाउँपालिका–४ इखाबुस्थित रानी आधारभूत विद्यालय आसपासका बासिन्दा गत असार २ गते यता पहिरोको त्रासमा छन् । असार २ गते माथिबाट झरेको पहिरोले सोही विद्यालयको भवन नै बगाएको र बस्तीमा पहिरोको थप जोखिम भएको भन्दै स्थानीय तीन घर परिवार आजकल छिमेकीको घरमा गएर सुत्ने गरेका छन् । 

“पानी नपर्दा घरैमा सुत्छौँ, पानी पर्ना साथ छिमेकिको घरमा पुग्छौँ, ज्यान जोगाउनै पर्यो ”, स्थानीय भक्त लाबुङले भन्नुभयो । विद्यालयको चार कोठे भवनसँगै लाबुङको समेत भान्सा घर र सुँगुर बगाएको थियो । केही दिनयता निरन्तर पानी परिरहेको र पहिरो झरिहाल्छ कि भन्ने पिरले राति सुत्न छिमेकीकहाँ जाने गरेको लाबुङले बताउनुभयो । 

तमोर नदी किनारमा पर्ने दोभान बजारलगायतका बासिन्दालाई पनि बाढीले बगाउला कि भन्ने पिर छ । मनसुन सक्रिय भएसँगै जिल्लाका अधिकांश क्षेत्रका बासिन्दा पहिरोको पिरलोमा परेका छन् । बर्सेनि यो जिल्लामा पहिरोले क्षति पुर्याउँदै आएको छ । चार वर्षअघि मात्रै जिल्लाको लिवाङ, खोक्लिङलगायतका ठाउँमा पहिरोले ५९ जनाको ज्यान गएको थियो भने सयौँ रोपनी खेतीयोग्य जमीन बगाएको थियो । 

पछिल्लो समयमा ग्रामीण क्षेत्रमा खनिएका सडकले समेत पहिरोको जोखिम बढाएको स्थानीयवासी बताउँछन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार विपद् व्यवस्थापनमा स्थानीय तहसमेत जिम्मेवार छ तर स्थानीय तहले भने विपद्का घटना तथा जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना तथा कार्यक्रम बनाउन नसकेको भन्दै सर्वसाधारणले गुनासो गर्ने गरेका छन् । 

यता जिल्ला विपद् व्यवस्थापन समितिले गएको शुक्रबार बैठक बसेर सबै सुरक्षा एकाइलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ । स्थानीय तहका प्रमुख साथै वडाध्यक्षहरुलाई समेत विपद्का घटनाको जोखिम व्यवस्थापनका लागि ध्यान दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष डोरेन्द्र निरौलाले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध राप्रपाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिए महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’ वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता शिक्षकहरुले संघर्षका कार्यक्रमहरू थप चर्काउने चेतावनी दिए ‘रियल स्टेट’लाई उद्योगको रुपमा विकास गर्नुपर्ने कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो आज संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री नेपाल आउँदै विद्यालय खुल्ने वातावरण बनाउन माग पोप फ्रान्सिसको निधनपछिका कुराहरू सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु चराङ—छोसेर सडक धमाधम स्तरोन्नति