२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मध्यपहाडी लोकमार्गमा फेरी खस्यो पहिरो

२०७७, ३० असार मंगलवार ०४:१२

पर्वत । निर्माणाधीन मध्यपहाडी लोकमार्गको कुस्मा–२ खुर्कोटस्थित खण्डमा मंगलबार फेरि पहिरो खसेको छ । अर्मादीनजिकै खसेको पहिरोले बिहानैदेखि सवारीसाधन रोकिएका छन् । । लोकमार्गको पर्वत खण्ड मनसुन सुरु भएसँगै दैनिकजसो अवरुद्ध हुन थालेको छ । असारयता कुस्मा नगरपालिकाका सहस्रधारा, नयाँपुल, चुवा, दोबिल्ला तथा मोदी गाउँपालिकाको डिमुवा, तिलाहारलगायत स्थानमा दैनिकजसो पहिरोले सडक अवरुद्ध हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार साँझदेखिको झरी नरोकिएपछि अर्मादीको रिठेखोलानजिकैको घुम्तीमा पहिरो खसेको हो । सडक चौडा पार्न करिब सय मिटर माथिदेखि भत्काइएको पहरोबाट ढुंगासहितको पहिरो खसिरहेको प्रहरी निरीक्षक मनीष श्रेष्ठले बताए । ‘अहिले पनि पहिरो खसिराखेको छ,’ उनले भने, ‘खस्न रोकियो भने खुलाउने काम सुरु गर्छौं ।’ रिठेखोलामा ठूलो बाढी आएकाले सडक खुले पनि साना सवारी सञ्चालनमा समस्या हुने ट्राफिक प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्गको यो खण्ड एकतर्फी मात्रै सञ्चालनमा थियो 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण