२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

विपद् व्यवस्थापन कार्यमा जुट्न सुरक्षा निकायलाई निर्देशन

३० असार २०७७, मंगलवार ०५:२८

असार ३०, डोटी। बर्सातको समय शुरु भएदेखि जिल्लामा बाढीपहिरोले क्षति गर्न थालेका कारण विपद् व्यवस्थापनमा जुट्न यहाँका सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले विपद् प्रतिकार्यका लागि विभिन्न क्लस्टर बनाएर जिम्मेवारी बाँडफाँड गरिएको बताउनुभयो । उहाँले प्राकृतिक विपद्मा परेकाहरुको उद्धार तथा राहतका कार्यक्रमका लागि पनि पूर्वतयारी गरिएसँगै विपद् व्यवस्थापनमा जुट्नका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाइअलर्ट’मा बस्न निर्देशन दिनुभएको हो । 

उहाँले भन्नुभयो, “जिल्लामा हप्तौँदेखि भारी वर्षा शुरु भएको छ, यहाँका कतिपय पालिका बाढी पहिरोको उच्च जोखिममा भएकाले कहीँ कतै कुनै समस्या भए तत्काल उद्धारमा खटिनका लागि सुरक्षा निकायलाई हाइअलर्टमा राख्न निर्देशन दिएको छु ।” त्यसैगरी जिल्ला प्रशासनले जिल्लामा प्राकृति विपद् व्यवस्थापनका पूर्वयोजना तयार गरेको छ । जिल्ला प्रशासन कार्यालयको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट विपद् प्रतिकार्यका योजना पारित गर्दै सोहीअनुसारका तयारी थालिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । केही दिनयतादेखि परिरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएकाले डोटीमा पनि विपद्बाट जोगिन प्राकृतिक विपद् व्यवस्थापनका पूर्वयोजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

त्यसैगरी जिल्लाका नौवटै स्थानीय तहलाई विपद् प्रतिकार्य योजना बनाएर विपद्को पूर्वतयारी गर्न, नदी कटान, बाढीपहिरो तथा डुबान क्षेत्रको पहिचान गरी त्यहाँ बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित स्थानमा राख्नका लागि जिल्ला प्रशासनले सबै स्थानीय तहमा पत्राचारसमेत गरेको छ । जिल्लामा सेतीनदी आसपास बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, गेरुपानी, दिपायल तथा नारिदाङलगायतका क्षेत्रलाई नदीको कटान तथा बाढीले क्षति गर्न सक्ने भन्दै उच्च जोखिममा राखिएको छ ।

विपद् तथा नदीबाट हुने खतराबाट जोगिन प्रशासनले २४सै घण्टा सुरक्षाकर्मीलाई ती क्षेत्रमा अनुगमन गर्न निर्देशनसमेत दिएको छ । जिल्लामा रहेका विभिन्न अन्य नदी तथा ठूला खोलामा पानीको सतह मापन गरिने उपकरण नभएका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न थालेपछि सतर्कता अपनाउन स्थानीयवासीलाई प्रशासनले आग्रह गरेको छ । जिल्लामा हप्तौँदेखि वर्षा भइरहे पनि सबैजसो नदीमा पानीको बहाव समान्य अवस्थामै रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो । 

डोटी जिल्लामा भारी वर्षा शुरु भएसँगै बाढीपहिरोको त्रास फैलिएको छ । वर्षाकै कारण यहाँका विभिन्न ठाउँमा पहिरो गएको छ भने एक दजर्नभन्दा बढी ग्रामीण सडक अवरुद्ध हुँदा स्थानीयवासी, सुत्केरी तथा बिरामीलाई अस्पतालसम्म पु¥याउन समस्या भएको छ । वर्षाकै कारण केही दिन पहिले जिल्लाको सायल गाउँपालिका–२ सिर्मागाउँमा पहिरो जाँदा आठ परिवारका ४० जना विस्थापित भएका थिए । पूर्वीचौकी गाउँपालिकामा पहिरो जाँदा छ महिने एक शिशुको मृत्यु भएको थियो ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला