२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर अस्पताललाई भिटिएम सहयोग

२०७७, ३१ असार बुधबार १२:०६

असार ३१, चितवन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टू नेपालले भरतपुर अस्पताललाई भाइरस ट्रान्सफर मिडियम किट (भिटिएम) सहयोग गरेको छ । क्लबका प्रथम डिष्ट्रिक्ट भाइस गभर्नर रामप्रसाद भट्टले र क्लबका कोभिड–१९ पोट्रेक्शन डिष्ट्रिक चिफ सिद्धार्थलाल चुकेले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा एक हजार चार सय किट सहयोग गरिएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, अस्पताल विकास समितिका सदस्यहरु केशव देवकोटा, रमा घिमिरे, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी लगायतको उपस्थिति थियो ।

सो अवसरमा क्लबका प्रथम डिष्ट्रिक्ट गभर्नर भट्टले कोरोना सङ्क्रमणको समयमा लायन्स क्लब सधैँ साथमा रहेको बताउनुभयो । सुरुआती समयमा क्लबले रु ७५ लाख बराबरको व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सरकारलाई सहयोग गरेको उहाँले जानकारी दिनुभयो । दोस्रो चरणमा किट हस्तान्तरण गरिएको हो ।स्वास्थ्य मन्त्रालयले दिएको अस्पतालका नामका आधारमा आवश्यकताअनुसार किट हस्तान्तरण गरिएको भन्दै उहाँले भरतपुर अस्पतालमा रु दुई लाख बराबरको सामान हस्तान्तरण गरिएको जानकारी दिनुभयो । कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा अधिकारीले क्लबको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण