2026-10-19 05:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर अस्पताललाई भिटिएम सहयोग

असार ३१, चितवन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टू नेपालले भरतपुर अस्पताललाई भाइरस ट्रान्सफर मिडियम किट (भिटिएम) सहयोग गरेको छ । क्लबका प्रथम डिष्ट्रिक्ट भाइस गभर्नर रामप्रसाद भट्टले र क्लबका कोभिड–१९ पोट्रेक्शन डिष्ट्रिक चिफ सिद्धार्थलाल चुकेले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा एक हजार चार सय किट सहयोग गरिएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, अस्पताल विकास समितिका सदस्यहरु केशव देवकोटा, रमा घिमिरे, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी लगायतको उपस्थिति थियो ।

सो अवसरमा क्लबका प्रथम डिष्ट्रिक्ट गभर्नर भट्टले कोरोना सङ्क्रमणको समयमा लायन्स क्लब सधैँ साथमा रहेको बताउनुभयो । सुरुआती समयमा क्लबले रु ७५ लाख बराबरको व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सरकारलाई सहयोग गरेको उहाँले जानकारी दिनुभयो । दोस्रो चरणमा किट हस्तान्तरण गरिएको हो ।स्वास्थ्य मन्त्रालयले दिएको अस्पतालका नामका आधारमा आवश्यकताअनुसार किट हस्तान्तरण गरिएको भन्दै उहाँले भरतपुर अस्पतालमा रु दुई लाख बराबरको सामान हस्तान्तरण गरिएको जानकारी दिनुभयो । कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा अधिकारीले क्लबको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ