Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

प्रदेश सरकारले उपलब्ध गरायो स्वास्थ्य कार्यालयलाई भिटिएम

२०७७, १ श्रावण बिहीबार ०३:२२

साउन १, खोटाङ । प्रदेश नं १ सरकारले जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई पिसीआर परीक्षणका लागि ५०० थान भिटिएम उपलब्ध गराएको छ । जिल्लावासीले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न पिसीआर परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने आवाज उठिरहेको समयमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय खोटाङलाई पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न प्रयोग गरिने भिटिएम उपलब्ध गराएको हो ।

खोटाङबाट निर्वाचित प्रदेशसभा सदस्य राजन राईको पहलमा प्राप्त भएको भिटिएम जिल्ला स्वास्थ्य कार्यलय खोटाङका ल्याब टेक्नेसियन राजु रावतले बुझ्नुभएको छ । जिल्लामा भिटिएमको अभाव हुँदा पिसीआर परीक्षणको दायरा बढाउन समस्या भएको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका प्रदेशसभा सदस्य राईले संसद्को शून्य समयमा आवाज उठाउनुभएपछि सामाजिक विकासमन्त्री जीवन घिमिरेको निर्देशनमा जिल्लामा भिटिएम प्राप्त भएको हो ।

सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको भिटिएम जिल्ला स्वास्थ्य कार्यालय खोटाङका ल्याब टेक्नेसियन रावतलाई जिम्मा दिइएको सदस्य राईले बताउनुभयो । “समग्रमा सम्पूर्ण जनतालाई यो कोभिड–१९ बाट सजग रहन तर, अनावश्यक चिन्ता नलिन आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “भोलिका दिनमा यो रोगसँग सम्बन्धित सामग्री आवश्यक परेमा हामी पहल गर्ने छौँ ।”

प्रमुख जिल्ला अधिकारी, जिल्ला स्वास्थ्य कार्यालय खोटाङका पधाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायतले चाँडोभन्दा चाँडो स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रदेश सरकारलाई गरेको आग्रहअनुसार भिटिएम पठाइएको सदस्य राईले बताउनुभयो । हालसम्म प्रदेश सरकारबाट जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई दुई हजार ८३५ थान पिपिइ गाउन, २३ थान पिपिइ सेट, ४४ थान आइआर थर्मोमिटर, ४५ हजार ४२ थान सर्जिकल मास्क, ४४ हजार ६०० थान एक्जामिनेसन ग्लोब्स, एक हजार ५० थान क्याप र ८०० थान गगल्स प्राप्त भएको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म ११ जनालाई कोरोना सङ्क्रमण देखिएको छ । नौँ जना उपचारपछि घर फर्किसकेका छन् भने, दुई जना अझै उपचारको क्रममा कोभिड उपचार केन्द्र विराटनगरमा रहनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश