२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा पहिरो

१ श्रावण २०७७, बिहीबार १०:१७

 साउन १, बलेवा । नेपाली सेनाले १० मिटर चौडा गरेर सात महिनाअघि सडक विभागको जिम्मा लगाएको कालीगण्डकी करिडोरको सडकखण्ड बर्खा लागेसँगै प्रयोगमा आउन छोडेको छ । वर्षाले ठाउँ–ठाउँमा पहिरो झरेपछि करिडोरको मालढुङ्गा–बलेवा विमानस्थल खण्ड अवरुद्ध भएको हो ।

सडकमा पहिरा खसेको दुई साता बितिसक्दासमेत सरोकारवालाले पहिरो पन्छाउन बेवास्ता गर्दा सडक अवरुद्ध भएको स्थानीयले बताए । करिडोर अवरुद्ध हुँदा सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिणी क्षेत्रमा चल्ने सवारी सधान प्रभावित भएका छन् । लकडाउनका कारण सार्वजनिक सवारीसाधन पर्याप्त नचलेको भए पनि निजी तथा अत्यावश्यक बस्तु तथा सेवाको आपूर्ति गर्ने सवारी प्रभावित भएका हुन् । करिडोरको यो खण्ड नेपाली सेनाले सडक विभागको करिडोर आयोजना कार्यालयलाई बुझाएको निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराईले बताउनुभयो ।

गत वर्षको वर्षा याममा समेत कयौँ पहिरोहरुको सामना गरेको यो खण्डलाई नेपाली सेनाले बेला–बेलामा मर्मत गरेर सहज बनाउँदै आएको थियो । करिडोर आयोजना कार्यालयमा हस्तान्तरण भएपछि खसेका पहिरो हप्तौसम्म पन्छाउने काम नभएको स्थानीय भवानी शर्मा बताउनुहुन्छ । आयोजनाको कार्यालय पाल्पामा रहेकाले बागलुङमा सडक अवरुद्ध भएको विषयमा हल्ला मात्रै पाल्पा पुग्ने गरेको छ ।

सकड विभागको करिडोर आयोजनालाई हस्तान्तरण भएकाले उक्त खण्डमा खसेका पहिरो पन्छाउने र सडक खुलाउने जिम्मेवारी आयोजनाकै भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । “यो ठूलो आयोजना हो, भूभाग हाम्रोमा परेपनि काम आयोजना कार्यालयको हो”, पौडेलले भन्नुभयो, “विकल्प नै नभएको भए एउटा कुरा हुन्थ्यो, हामीले अरु वैकल्पिक सडक निरन्तर चलाएर सवारी आवतजावत गरेका छन् ।” वर्षामा गएको पहिरो पन्छाउँदा थप जोखिम व्यहोर्नुपर्ने भएकाले बर्षा रोकिएपछि मात्रै सडक सफाई गर्ने करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ । 

“विकल्पै नभए एक मिनेट रोकिँदैन तर विकल्प प्रशस्तै छन्, किन जोखिम मोल्नु’ आयोजना कार्यालय पाल्पाका डिभिजन इञ्जिनीयर नगेन्द्र सुवेदीले भन्नुभयोे, “वर्षा रोकियो भने हामीले पहिरो पन्छाउँछौँ ।” बागलुङ–कुश्मीशेरा–बरेङ शान्तिपुर सडक कालोपत्रेको काम चलिरहेकाले करिडोरको वैकल्पिक सडक मानिएको उक्त खण्ड बेला–बेलामा अवरुद्ध हुने गरेको छ ।  सवारी चालक बाबुराम शर्माले भन्नुभयो, “लामो बाटो र पहिराको सास्तीले १ घण्टाको यात्रा चार घण्टामा पुगेको छ ।”  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य