२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

‘जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता’

२ श्रावण २०७७, शुक्रबार ०४:२२

साउन २, कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले प्राकृतिक विपत्तिबाट जनताको जीवन रक्षा गर्ने कार्यलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । पोखरा महानगर तथा माछापुछ्रे गाउँपालिकाका विभिन्न स्थानमा प्राकृतिक विपत्तिका कारणले पुर्याएको क्षतिको निरीक्षणपछि बिहीबार गाउँपालिकामा आयोजित कार्यक्रममा उहाँले सरकारले पहिलो प्राथमिकता जनताको जीउधनको सुरक्षा र उद्धार रहेको र त्यसपछि मात्र राहत, पुनःस्थापना तथा विकास निर्माणका कार्यलाई अघि बढाइने बताउनुभयो । 

यस वर्ष समयमै वर्षा भएका कारणले जिल्लाका विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै उहाँले मृतकका परिवारलाई सङ्घ तथा प्रदेश सरकारबाट तत्कालै राहत रकम उपलब्ध गराइएको तथा घरबारविहीन भएकालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत रु ५० हजार बजेट उपलब्ध गराउने गरी विनियोजन गरिसकिएको जानकारी दिनुभयो । प्राकृतिक विपत्ति वर्षेनी झेलिरहने समस्या भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सडक, खानेपानीलगायत विकास निर्माणका संरचनाले समेत प्राकृतिक विपत्तिको जोखिम बढाएको छ, वर्षा निरन्तर रहेकाले भिरालो जमिन, खोला नालाको नजिक तथा पहिराको जोखिम रहेका क्षेत्रका नागरिकलाइ विशेष चनाखो बन्न आग्रह गर्दछु ।”

कोभिड–१९ महामारी तथा रोकथामका लागि जारी बन्दाबन्दीबाट पूर्वाधार विकासका कार्यक्रम प्रभावित भए पनि कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको बताउनुभयो । रातो किताबमा परेका योजनाको कार्यान्वयनका लागि सम्बन्धित उपभोक्ता तथा स्थानीय तह क्रियाशील हुनुपर्नेमा जोड दिँदै मन्त्री विश्वकर्माले भन्नुभयो, “रातो किताबमा परेका योजना कार्यान्वयनमा लैजान सक्रिय हुनुपर्छ ।”

माछापुछ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले कोरोना महामारीका कारणले गत वर्ष पालिकाले ७१ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिँदै निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत ११ योजनामध्ये १० वटा सम्पन्न भएको बताउनुभयो । प्राकृतिक विपत्तिबाट गाउँपालिकामा मानवीय क्षति नभए पनि पहिराले ग्रामीण सडक अवरुद्ध बनेको, खेतीयोग्य जमिन पुरेको तथा नदीले कटान गरेको तथा सिँचाइ नहर बगाएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । मन्त्री विश्वकर्माले गाउँपालिकामा सञ्चालित विभिन्न विकास आयोजनाको समेत अनुगमन तथा प्राकृतिक विपत्तिबाट भएको क्षतिको बारेमा स्थलगत निरीक्षण गर्नुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो