२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सेती नदीको कटानले बस्ती जोखिममा

३ श्रावण २०७७, शनिबार ०८:३०

विमलबहादुर विष्ट। साउन ३, डोटी। वर्षेनी सेती नदीको कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारिदाङका बस्ती उच्च जोखिममा परेको छ । नदीले वर्षेनी धार परिर्वतन गर्दै स्थानीयका बस्ती भएर बग्न थालेका कारण यहाँका गाउँघर नदीले बगाउने भन्दै स्थानीयवासीमा त्रास फैलिएको छ । वर्षात्को समय शुरु भएसँगै सेतीनदीमा पानीको बहाव पनि निकै बढेकाले यहाँका स्थानीयवासीलाई कति बेला कहाँ बाढीले बगाउने हो भन्ने चिन्ताले पिरोली रहेको शिखर नगरपालिका–११ बारपाटाका स्थानीयवासी गणेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँका बस्ती कहीँ नदीले कटान गर्दैछ त कहीँ बाढी र पहिरोको उच्च जोखिममा छन्, राति ठूलोपानी पर्दा कहाँ के हुने हो भनेर हामीलाई निन्द्रासम्म पर्दैन ।” जिल्लाको शिखर नगरपालिकाको वडा नं १० बनलेग र वडा नं ११ बारपाटामा वर्षेनी वर्षात्को समयमा बाढी पहिरोले निकै दुःख दिने गरेको छ । 

सेती नदीमा पानिको बहाव बढेसँगै वारपाटा गाउँका बासिन्दाले रातभर जाग्राम बस्नुपर्ने बाध्यता कायमै रहेको स्थानीयवासी बताउँछन् । सेतीनदी किनारमा रहेका यहाँका दिपायल, बानीडुग्रीसैन, सिरखोलीसैन, कालागाढ, रामपुर, गेरुपानी, दिपायल, घोलतडा नारिदाङलगायतका अधिकांश बस्तीका खेत नदीले कटान गर्न थालेको भए पनि समयमै सम्बन्धित निकाएले रोकथामका लागि पहल नगरेका कारण समस्या हुन थालेको अर्का स्थानीय देवहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “नदीले धार परिर्वतन गरेर दैनिक खेतबारी बगाउन थालेको छ रोकथामका लागि कहीँकतैबाट पहल भएको छैन ।” 

त्यसैगरी जिल्लामा दैनिकरुपमा भइरहेकाको वर्षात्का कारण स्थानीयवासीमा बाढी पहिराको त्रास फैलिएको छ । वर्षात्कै कारण यहाँका विभिन्न ठाउँका सडकमा पहिरा आएका छन् । जिल्लाका ग्रामीण क्षेत्रका एक दजर्न बढी सडक अवरुद्ध भएका छन् । यहाँका ग्रामीण क्षेत्रका अधिकांश स्थानीयलाई वर्षात्का कारण बाढी र पहिरा आउन सक्ने भन्दै त्रास बढ्न थालेको हो । 

यहाँका ग्रामीण बस्ती बाढी तथा पहिराको उच्च जोखिममा भएका कारण यहाँका स्थानीयवासीलाई चिन्ता बढ्न थालेको हो । त्यस्तै यहाँका ग्रामीण क्षेत्रमा वर्षात्को मौसम शुरु भएसँगै जिल्लाको सायल गाउँपालिका वडा नंं ४ बावनसैनका बासिन्दालाई पाँच वर्ष अगाडि घटेको कहालीलाग्दो रातको सम्झनाले तर्साउने गर्छ । विसं २०७२ साउन २३ गते आएको भीषण वर्षात्सँगैको पहिरोका कारण सायल गाउँपालिका–४ बावनसेनमा एकै परिवारका पाँच जनासहित छ जनाको ज्यान जानुका साथै उक्त क्षेत्रका सयौँ रोपनी खेतीयोग्य जमिन, पशुचौपाया बाढीले बगाएको थियो । 

त्यस्तै सायल गाउँपालिका–४ मात्रै होइन यस अगाडिका वर्षहरुमा भएका प्रकोपका घटनाका आधारमा यस वर्ष मनसुन शुरु हुनुअगावै जिल्लामा दैवी प्रकोप पूर्वतयारीलाई पूर्णता दिइएको छ । सम्भावित दैवी प्रकोपका घटनालाई मध्यनजर गर्दै जिल्लामा विपत् पूर्वतयारीका विभिन्न कार्य गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाको विपत् प्रतिकार्य योजना अध्यावधिक गरिनुका साथै स्थानीय, समुदाय, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न सङ्घ संस्थालाई सम्भावित प्रकोप भइहाले उद्धारमा जुट्नका लागि तयारी अवस्थामा राखिएको डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले बताउनुभयो  ।  उहाँले भन्नुभयो, “मनसुन शुरु भइसकेको त छैन, तर हामीले स्थानीयस्तरदेखि जिल्लास्तरसम्म  विपत् व्यवस्थापन समितिलाई पर्याप्त मात्रामा आवश्यक सामग्री प्रदान गरिसकेका छौँ, विपद् आइपरे समाधान गर्न तयारी अवस्थामा छौँ ।” 

जिल्लाका विभिन्न २२ वटा स्थानलाई दैवी प्रकोपको हिसाबले उच्च जोखिममा राखिएको छ । जोखिम रहेका स्थानको पहिचानको आधारमा विभिन्न सङ्घ संस्थाले उक्त क्षेत्रमा कार्य गरिरहेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोटीले विपत् प्रतिकार्यका लागि सामुदायिक पहल कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लामा पहिचान भएका विभिन्न २२ वटा प्रकोपको उच्च जोखिम भएका समुदायमा प्रतिसमुदायमा १२ व्यक्तिलाई उद्धारकर्ताको तालीम र आवश्यक सामग्री दिई आधारभूत खोज तथा उद्धार सामग्री केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश महासङ्घका महासचिव देवबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै प्रकोप भइहाले पहिलो उद्धारकर्ताको रुपमा काम गर्न जिल्लाका नौवटै स्थानीय तहका जोखिमयुक्त समुदायका व्यक्तिलाई तालीम दिई परिचालन गरिएको छ, विपद् परिहाले हामी तत्काल खटिने छौँ ।” 

जिल्लाको कति प्रतिशत भूभाग पहिरोको उच्च जोखिममा छ भन्ने एकिन तथ्याङ्क कसैसँग पनि छैन । उच्च पहाडी भाग तथा यसअघि हुँदै आएका दैवी प्रकोपका घटनाको आधारमा जोखिमयुक्त स्थानको पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । डोटीमा बाढी पहिरोमा परी चालु आर्थिक वर्षमा एक जना छ महिने बालकको ज्यान गइसकेको छ । लगातारको वर्षात्का कारण यहाँका दजनौँ ग्रामीण सडक अवरुद्ध भएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला