२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

विद्यालय नचल्दा माछा मार्दै बालिका

२०७७, ४ श्रावण आईतवार ०५:१७

साउन ४, टीकापुर। दैनिक वर्षा भएपछि कैलालीका नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै यहाँ नदी तथा खोला किनारमा माछा मार्ने महिलाको सङ्ख्यासमेत बढेको छ । उर्लिएर आएका खोला किनारमा थारू समुदायका महिला तथा बालिका हेल्का बोकेर माछा मारिरहेका छन् ।

 पानीमा माछा मार्न स्वास्थ्य तथा सुरक्षाका हिसाबले जोखिम हुन्छ, तर थारू समुदायमा परम्पराका रुपमा रहेको माछा मार्ने चलन अहिले पनि अभ्यासमा छ । बर्सातमा धानखेती लगाइसकेपछि फुर्सदको समयमा थारू समुदायका महिला दिनभरि माछा मारेर साँझ तरकारीको जोहो गर्ने गर्दछन् । लामो समय विद्यालय बन्द रहेपछि कैलालीको जोशीपुरका बालिका दैनिक माछा मार्नमा व्यस्त भएका छन् । जोशीपुरका बालिका आमासँगै फुर्सदको समयमा नदी तथा खोला किनारमा माछा मार्न जाने गरेको उनीहरु बताउँछन् । नौ वर्षीया मुना चौधरी आमाको हेल्का बोकेर कुलरिया नदी किनारमा माछा मार्दैछिन् । “आजभोलि दैनिक आमासँग माछा मार्न आउँछु, मसँगै मेरो साथीहरु पनि छन् । रमाइलो भएको छ”, मुनाले भनिन्, “माछा मार्न सिक्दैछु । बिहान खाना खाएर आएका हौँ, दिनभरि मार्दा २०० ग्राम पनि मार्न सकिनँ, आमाले अलि धेरै मार्नुभएको छ ।”

कक्षा ६ मा अध्ययनरत उषा चौधरी पनि दिनभरि पानीमा भिजेर माछा मार्न आमासँगै हिँडिन् । उहाँले दिनभरि लगाएर १०० ग्राम जति माछा मारेको बताइन् । “विद्यालय बन्द भएर घरमै कति बस्नु ? त्यसैले आमासँगै माछा मार्न आयौँ ।” जोशीपुरमा रहेको कुलरिया नदीमा महिलासँगै दर्जनौँ बालबालिका नदी किनारमा माछा मारिरहेका हुन्छन् । नदीमा दैनिक पानीको बहाव बढ्दै गएकाले बालबालिकालाई पानीमा खेल्नुपर्ने काममा लगाउनु गलत भएको स्थानीयवासीको भनाइ छ । “नदी उर्लिएर आएको छ । बालबालिका नदी किनारमा बोक्न नसक्ने गहु्रँगो हेल्का बोकेर माछा मारिरहेछन्”, स्थानीय रमेश विक भन्नुहुन्छ, “यसरी पानीमा भिज्दा सरुवा रोगको जोखिम बढ्छ, नदीमा डुब्ने, बग्ने डर पनि हुन्छ । अभिभावक सचेत हुनुपर्छ ।”

थारू समुदायका महिला माछा मार्न सिपालु हुन्छन् । पानी परेर भेल बगेको दिनमा बढी माछा पाइने भएकाले फुर्सदमा माछा मार्ने गरेको सुदेश्नी डगौराले बताउनुभयो । “हामी खेतीपातीपछि यो सिजनमा माछा मार्ने गर्छौँ, हामी समूहमा निस्कन्छौँ”, सुदेश्नीले भन्नुभयो, “रमाइलो पनि हुन्छ, बेलुका तरकारीको जोहो पनि हुन्छ ।”

माछा मार्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

कैलालीको घोडाघोडीमा माछा मार्ने क्रममा शनिबार नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ । घोडाघोडी–६ वसन्ताका माधव चौधरीकी १२ वर्षीया छोरी मानवी चौधरीको नालामा डुबेर मृत्यु भएको हो ।

 इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिषशरण भट्टका अनुसार शनिबार माछा मार्न गएकी बालिका मृतावस्थामा फेला परेकी हुन् । साथीसँग नालामा माछा मार्न गएकी बालिकाको पौडिन नजान्दा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस