2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङको कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, शौचायलय जान पालो कुरेर बस्नुपर्ने बाध्यता

साउन ६,लमजुङ। लमजुङ बेँसीशहर नगरपालिका–८ शेराबजारमा रहेको जिल्लाको एकमात्र जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । महिला १० र पुरुष २५ गरी ३५ जनाको क्षमता रहेको यस कारागारमा हाल दोब्बर भए पनि पुरुषको सङ्ख्यामा भने तेब्बर कैदीबन्दी रहेका छन् । 

विभिन्न कसुरमा कारागारमा सजाय भुक्तान गर्दै आएका कैदी र आरोपित बन्दी गरी हाल ७५ जना कैदीबन्दीमध्ये ६९ जना कैदीबन्दी पुरुष रहेका छन् । महिलातर्फ भने १० जनाको क्षमता रहेकामध्ये हाल छ जना कैदी रहेका छन् । सोहीमध्ये ३२ जना कैदी पुरुष र छ जना कैदी महिला रहेका छन् भने ३७ जना थुनुवा पुरुष रहेको जिल्ला कारागारले जनाएको छ । 

कारागारका जेलर विष्णुप्रसाद पौडेलले भन्नुभयो, “यसरी क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएपछि उनीहरु सकसमा दिनरात गुजार्न बाध्य छन् । कानूनी मापदण्डअनुसार एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । कानूनी प्रावधानअनुसार कारागार ३५ जनाको लागि मात्रै उपयुक्त देखिन्छ । पुरानो संरचना, क्षमताभन्दा बढी कैदीबन्दी हुँदा दिनरात गुजार्न निकै सास्ती भएको कैदीबन्दी बताउँछन् । 

गर्मीले सास्ती बनाउनुका साथै बर्खायाममा परेको यतिबेलाको वर्षाले कारागारको भित्ता रसाएर ओछ्यानमै छिर्ने गर्नाले समेत सुत्न निकै कठिनाइ भइरहेको करिब आठ वर्षदेखि कैद सजाय भोक्दै आएका मानबहादुर परियारले बताउनुभयो । त्यति मात्र नभई, कारागारको पर्खालदेखि सुत्ने ठाउँको भवन जीर्ण भएकाले कति बेला भत्किएर ज्यान लिन्छ कि भन्ने क्रासै क्रासमा दिनरात बताउँदै आएको कैदीबन्दीको भनाइ छ । 

गर्मीको समयमा धेरै जना एकै ठाउँमा कोचिएर खान बस्नदेखि सुत्नु पर्दा निकै आपत हुने गरेको छ । धेरै जना कैदीबन्दी भएकाले शौचायलय जानलाई समेत पालो कुरेर बस्नुपर्ने त्यहीमाथि दुर्गन्धित भएकाले रोग लाग्ने सम्भावना रहेको आठ वर्षदेखि कैद सजाय भोग्दै आएका जीतबहादुर अधिकारीको भनाइ छ । कोरोनाको महामारीको त्रासमा समेत सामाजिक दूरी कायम गरी सुत्न नपाएकाले कोरोना सङ्क्रमणको जोखिम रहेको कैदीबन्दीले बताएका छन् ।

सम्बन्धित निकायबाट यस कारागारमा नयाँ भवन बनाउन उपयुक्त हुन्छ हुँदैन भनेर २०७४ सालमा माटो परीक्षणको कामसमेत भइसकेको छ । नयाँ भवन बनाउनका लागि उपयुक्त भएको ठहरसमेत प्राविधिक टोलीले गरेको थियो तर अहिलेसम्म पनि कुनै काम अघि बढ्न नसकेको कारागारले जनाएको छ ।

विंस २०२८ मा कुन्छाबाट सदरमुकाम सरेर बेँसीशहर सदरमुकाम बनेको बेलामै निर्माण गरिएको यस कारागारको अहिलेसम्म पनि खासै मर्मत तथा आवश्यकताअनुसार कारागारको भवन निर्माण हुन सकेको छैन । थप व्यवस्थित, कैदीबन्दीलाई मध्यनजर गरेर सोहीअनुरुप संरचना निर्माण नहुनुका साथै जीर्ण बन्दै गर्दा कारागारमा विभिन्न समस्या उत्पन्न हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल