२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

कोरोना सङ्क्रमणको उच्च जोखिममा ‘प्रदेश नं–२’

९ श्रावण २०७७, शुक्रबार ०९:३२

प्रभाषचन्द्र झा/अरुणकुमार यादव । साउन ९, जनकपुर । कोरोनाको सङ्क्रमण तीव्रगतिमा फैलिएकाले प्रदेश नं–२ उच्च जोखिममा परेको छ । एक सातामा दुई जनाको मृत्यु भएपछि यस प्रदेशमा झनै सन्त्रास देखिएको छ । सप्तरीको सदरमुकाम राजविराजमा एक र पर्साको सदरमुकाम वीरगञ्जका एक जनाको मृत्यु भएपछि कोरोना समुदायमै फैलियो कि भन्ने भय जनमानसमा परेको छ ।

यस प्रदेशमा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ । अहिलेसम्म चार हजार ३२१ जना सङ्क्रमितमध्ये दुई हजार ८८० जना उपचार गराइ घर फर्किसकेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउने क्रममा राजविराजका ७३ वर्षीय वृद्धको यही साउन १ गते मृत्यु भएको थियो । 

श्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई धरानस्थित सो अस्पतालमा भर्ना गरिएपछि उपचारको क्रममा  मृत्यु भएको थियो । मृतकका परिवारका सदस्यसहित उहाँको सम्पर्कमा आएका मानिस, छरछिमेकमा सङ्क्रमण पुष्टि भएपछि सन्त्रास फैलिएको हो । त्यसपछि, समुदायमा कोरोनाको सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले बिहीबारदेखि राजविराजमा निषेधाज्ञा जारी गरेको छ ।

मृतक व्यापारीको छिमेकमै रहेको चियानास्ता पसलका एकै परिवारका चारजनासहित पछिल्लो समयमा २२ जना कोरोनाबाट सङ्क्रमित थपिएपछि आज थप निर्णय गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका निमित्त दुनियालाल यादवले जानकारी दिनुभयो । कोरोनाका कारण राजविराजको वडा नं–६ बढी नै प्रभावित देखिएपछि आज  जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठक बस्ने तयारी भइरहेको उहाँको भनाइ छ ।

सुनसान राजविराज

सङ्क्रमण समुदायमा फैलिने सम्भावना देखेपछि बिहीबारदेखि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेपछि आज दोस्रो दिन राजविराज बजार सुनसान देखिएको छ । जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिकाभर अर्काे आदेश नभएसम्मका निषेधाज्ञा जारी गरेको हो । निषेधित क्षेत्रमा अत्यावश्यक काम बाहेकका सम्पूर्ण आवतजावत, सवारी साधन, पसल बन्द रहने प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यद्वारा जारी सूचनामा उल्लेख छ । 

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका क्षेत्रभित्र अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निर्देशन जारी गरेको छ । औषधि पसल, खाद्यान्न, फलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्यसेवा केन्द्र, मालसमान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैँकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशपजस्ता अत्यावश्यक सेवा बाहेकको सेवा र स्थलमा अनावश्यक आवतजावतमा निषेध गरिएको सूचनामा उल्लेख छ । 

भिटिएमको अभाव 

सप्तरीको राजविराजमा कोरोना सङ्क्रमण तीव्ररुपमा फैलिरहेका बेला स्वाव सङ्कलनका लागि आवश्यकपर्ने भिटिएम अभाव भएको छ । जनस्वास्थ्य कार्यालय निमित प्रमुख दुनियालाल यादवले गत, बुधबार प्रदेशको आपूर्ति केन्द्रले २५० भिटिएम पठाए पनि अभाव कायमै रहेको बताउनुभयो । कोरोना सङ्क्रमणको अवस्था, शङ्कास्पद व्यक्ति र कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाव सङ्कलनका लागि तत्काल ५०० भिटिएमको आवश्यता प्रमुख यादवले बताउनुभयो । 

पर्साको सदरमुकाम वीरगञ्जमा बिहीबार ७० वर्षीय एक व्यक्तिको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएपछि वीरगञ्जमा पनि कोरोनाको सङ्क्रमण समुदायमा फैलिन डर देखिन थालिएको छ । मृतकका परिवारिक स्रोतले कही पनि घुमघामका लागि बाहिर नगएको अवस्थामा कसरी कोरोना सङ्क्रमण देखिएको जानकारी गराएपछि समुदायमा कोेरोना फैलिएको भन्ने डर देखिएको हो । मुलुकमा बन्दाबन्दी हटेको भए पनि कोरोनाबाट जोगिनका लागि सामाजिक दूरी कायम राख्नुपर्ने, भीडभाड नगर्ने र स्यानीटाइजर र साबुनपानीले हात धुनेतर्फ बढी सचेत रहनुपर्ने देखिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य