४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालीगण्डकी दोहन रोक्न प्रहरीले नसकेपछि अन्तत शसस्त्रको गस्ती परीचालन

१० श्रावण २०७७, शनिबार ०३:३५

पर्वत ,

कालीगण्डकी नदीमा बालुवाको उत्खनन रोक्न प्रहरीले नसकेपछि अन्तत शसस्त्र प्रहरीलाई परिचालन गरिएको छ । पछिल्लो समय रातको समयमा कालीगण्डकी नदी दोहन हुदै गरेको भिडियो तथा समाचारहरु बिभिन्न सञ्चार माध्यममा आउन थालेसंगै पर्वत प्रशासनले एक्सन लिन थालेको छ । नदीका बिभिन्न क्षेत्रमा उत्खनन बढेको भन्दै स्थानियहरुले सामाजीक सञ्जाल तथा प्रशासनलाई लक्षित गरी बिभिन्न टिका टिप्पणी गर्न थालेपछि प्रशासनले एक्सन लिन थालेको हो ।  पोखरा–बागलुङ राजमार्ग र बेनी–मालढुङ्गा सडक नजिकै सञ्चालनमा रहेका क्रसर उद्योगले मध्यरातमा उत्खनन् गर्ने गरेको पाईएपछि प्रशासनले शुक्रबार देखि शसस्त्र र नेपाल प्रहरीलाई एकसाथ परिचालन गर्ने निर्णय गरेको छ । बिगत लामो समयदेखि बिवादित बन्दै आएको कालीगण्डकीमा बालुवा उत्खनन रोक्न शसस्त्र प्रहरी समेत परिचालन गरिएको यो पर्वतको पहिलो घटना हो ।  कालीगण्डकी नदीको पर्वतको कुस्मा देखि म्याग्दीको सदरमुकाम बेनी बजार सम्म बिभिन्न स्थानमा जथाभावी रुपमा एक्साभेटर जस्ता ठुला उपकरणहरु प्रयोग गरेर बालुवा चोरी निकासी भैरहेको छ । नदीमा एक्साभेटर प्रयोग गर्न कानुनी रुपमा बन्देज भएपनि दिनहुँ दर्जनौ एक्साभेटर प्रयोग गरि बिभिन्न ठाउँबाट बालुवा निकाल्ने काम भैरहेको छ । जथाभावी रुपमा बालुवा निकाल्दा नजिकका बस्ती समेत जोखिममा परेको भन्दै स्थानियबासीले जनप्रतिनिधी र स्थानिय प्रशासन संग यसलाई रोक्न बारम्बार माग गरेका समेत गरेका छन ।  प्रशासनले एक्सन लिईसक्यो एक चिम्टी बालुवा कसैले उत्खनन् गर्न पाउँदैन सिडियो  जिल्लाको जटिल र चर्चाको विषय बन्दै आएको कालीगण्डकी नदीको अबैध दोहनको बिषयलाई लिएर पर्वत प्रशासनले एक्सन लिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले पछिल्ला केहि दिन यता नदी दोहनको बिषयमा हेभी इक्विपमेन्ट प्रयोग गरेर उत्खनन गर्ने बढेको जन गुनासा आउन थालेको साथै भदौ १५ सम्म नदीमा हेभी इक्विपमेन्ट प्रयोग गरेर उत्खनन गर्न कानुनी हिसाबले प्रतिबन्ध भएका कारण त्यसलाई कार्यान्वयन गर्न सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । रेग्मीले नेपाल प्रहरीको मुख्य जिम्बेवारी भएको भए पनि प्रहरीले यसलाई नियन्त्रण गर्न नसके पछि शसस्त्रलाई पनि एक साथ गस्तीमा खटाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ